२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार ३० गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती हुनुभएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै खाली रहेका विभिन्न पदहरुमा तत्कालै बढुवा गर्ने गरी कार्य भईरहेको बताउनुभयो ।

उहाँले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुप आ–आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरुलाई निर्देशन दिनुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दैै ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा क्रियाशिल रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती तथा बृत्तिविकासका लागि समयानुकुल आवश्यक तालिम समेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन मुल्यांकन प्रणालीलाई बैज्ञानिक बनाईने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोचकासाथ अध्ययनसिल रहदैँ ईमान्दारीतापूर्वक सम्पादन गरेका कार्यहरुबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फको ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सोही समुहको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]