०३ आषाढ २०८२, बुधबार
18-06-2025 , Wed
×

सशस्त्र प्रहरी आईजिपी राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल
प्रधान कार्यालय हल्चोक स्वयम्भूमा असार ३० गते आयोजित एक समारोहकाबीच हालै पदोन्नती हुनुभएका ६ जना प्राविधिक सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो ।
सो अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती हुनुभएका अधिकृतहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै खाली रहेका विभिन्न पदहरुमा तत्कालै बढुवा गर्ने गरी कार्य भईरहेको बताउनुभयो ।

उहाँले पदोन्नती सँगै प्राप्त भएको दर्जा अनुरुप आ–आफ्नो जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहँदै पूर्ण व्यावसायिक भई जिम्मेवारी निर्वाहमा लाग्न अधिकृतहरुलाई निर्देशन दिनुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरु सबैले फौजी अनुशासनको पालना गर्दैै ईमान्दारितापूर्वक सामुहिक भावनाकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा क्रियाशिल रहने विश्वास समेत व्यक्त गर्नुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नती तथा बृत्तिविकासका लागि समयानुकुल आवश्यक तालिम समेत व्यवस्था गर्दै मौजुदा कार्यसम्पादन मुल्यांकन प्रणालीलाई बैज्ञानिक बनाईने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोचकासाथ अध्ययनसिल रहदैँ ईमान्दारीतापूर्वक सम्पादन गरेका कार्यहरुबाट सांगठनिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, प्राविधिक समूह संचार तथा ईन्जिनियरिङ्गतर्फको ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सोही समुहको सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो ।
समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले […]

चितवन । नेपाल प्रहरी संगठनमा प्रहरी जवान पदमा भर्ना भई उमेर हदको आधारमा अनिवार्य अवकाश निवृत्त भई जान लाग्नु भएका पूर्व प्रहरी नायव निरीक्षक उपेन्द्र बहादुर बानियालाई यस कार्यालयका कार्यालय प्रमूख प्रहरी उपरीक्षक गोबिन्द पुरीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच बिदाई गर्नुभएको छ । साथै उहाँले पवित्र प्रहरी संगठनमा ईमान्दारी बफादारीका साथ कर्तब्यनिष्ठ भई सेवा […]

कैलाली । कारागारमा बेहोस भेटिएका कैदीको मृत्यु भएको छ। सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारले जनाएको छ। बैंकिङ कसुरका आरोपी पाली सोमबार राति अचेत अवस्थामा भेटिएका थिए। लगत्तै उनलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको हो। […]

error: Content is protected !!