२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सर्बोच्च अदालतले आईजिपी धिरज प्रताप सिंहको नियुक्ति सदर सिंहनै आधिकारिक

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सर्वाेच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति सदर गरेको छ । एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट शुक्रबार सर्वाेच्चले खारेज गरेको हो । रिट खारेज भएसँगै सिंहको नियुक्ति सदर भएको हो ।

शुक्रबार सुनुवाई सकिएपछि यो मुद्दाको फैसला भएको हो । कामु प्रधानन्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलाशले आइजिपी नियुक्ति तथा एआइजी बढुवा लगायतका सबै रिट खारेज गरेको हो ।

आफुभन्दा पछि एआइजी भएका धिरजलाई आइजिपी बनाएको भन्दै पोखरेलले २० बैशाखमा रिट दर्ता गरेका थिए । अब उनले २० साउनमा अवकाश पाउने भएका छन् ।
त्यस्तै, एआइजी बढुवामा असन्तुष्टि जनाउँदै घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्कीले दायर गरेको रिट पनि खारेज भएको छ । उनीहरुले डिआइजीमै अवकाश पाइसकेका छन् ।

सर्वाेच्चले लगाउनमा राखेर यी सबै रिटको सँगै सुनुवाई गरेकोमा दाबी नपुगेको भन्दै सबै रिट खारेज गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]