२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सर्वोच्चको फैसला पछी एआईजी पोखरेललाई कारबाही हुन सक्ने

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

 

ABC (क्राईमबिट)

काठमाडौं । सर्वोच्च अदालतले नेपालको प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिट खारेज गरिदिएको छ ।

शुक्रबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले आईजीपी धिरजप्रताप सिंहको नियुक्तिलाई वैधता प्रदान गरेको हो ।

अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चको फैसलाले एआईजीपी पोखरेललाई झट्का लागेको छ ।

पोखरेलले ज्येष्ठता मिचेर मन्त्रिपरिषदले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै वैशाख १९ गते रिट दायर गरेका थिए ।
रिट खारेज भएसँगै आईजीपी सिंहले आफ्नो कार्यकाल पूरा गर्न पाउनेछन् ।

संयुक्त इजलासले एआईजी बढुवामा असन्तुष्टि जनाउँदै रिट दायर गरेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरेको छ । उनीहरूले चैत १७ गते रिट दायर गरेका थिए ।

एआईजीपी पोखरेल साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

एआइजीपी पोखरेल विदामा बसेर नेपाली कांग्रेस नेतृत्वको सरकारलाई चुनौति दिएर मुद्दामामिला गरेका थिए ।

पोखरेलको विदासमेत अस्वीकृत हुँदै आएको छ । पोखरेल कार्यालयमा समेत हाजिर भएका छैनन् ।

विदा अस्वीकृतसँगै पोखरेल हाजिर नभएको हुँदा गृह मन्त्रालयले विभागीय कारबाही प्रक्रिया शुरु गरिसकेको छ । पोखरेलमाथि बर्खास्ती प्रक्रिया शुरू हुन लागेको चर्चा छ ।

रिट निवेदनमा आफूभन्दा डेढ वर्ष तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले पोखरेललाई वरियता मिचेर पटक–पटक बढुवा गराएका थिए ।

पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको आडमा वरीयता मिचेर एसएसपीबाट डीआईजी हुँदै एआईजीपीसम्म पार गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]