३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

दाङमा सहकारीले किसानलाई बेचेको रासायनिक मलमा बालुवा र माटो फेला

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९


ABC-SANCHAR
दाङ । तुलसीपुरको एक सहकारीले किसानलाई बेचेको ‘के गोल्ड’ रासायनिक मलमा बालुवा र माटो फेला परेपछि शुक्रबार दिनभर किसानले सहकारीमा धर्ना दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडले स्थानीय किसानलाई बिक्रि गरेको रासायनिक मलमा बालुवा र माटो फेला परेपछि किसानले क्षतिपूर्तीको माग गरेका छन् ।
असार २२ गते स्थानीय टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडबाट प्रति बोरा दूई हजार पाँच सयका दरले स्थानीय किसानले झन्डै साढे दुई सय बोरा ‘के गोल्ड’ नामक रासायनिक मल सहकारीले बेचेको थियो ।
उक्त मल खेतमा प्रयोग गरेका स्थानीय ६० बर्षीय सालिकराम खत्री, ४५ बर्षीया स्यानी चौधरी, शिबु चौधरी, जलबहादुर चौधरी, कृष्णबहादुर केसी, मानबहादुर चौधरी लगाएत ५० बढी किसान धानमा प्रयोग गरेको मलको कुनै लक्षण नदेखिएको तथा मलमा बालुवा र माटो पाइएको भन्दै सहकारीमा क्षतिपूर्तिको माग गर्न आएका थिए ।
किसानले सहकारीले गुणस्तरहिन रासायनिक मल बेचेको हुँदा किसान सहकारीमा पुगेको थाहाँ पाएपछि वडाध्यक्ष यमराज केसीपनि सहकारीमा पुगेका थिए ।
उनले मलको गुणस्तरको सत्य तथ्य जाँच्ने निकाय नभएको हुँदा बुझेर आँफु अगाडि बढ्ने आश्वासन दिए । तर, उनले किसान भन्दा सहकारीकै पक्षमा वकालत गरेका थिए ।
किसानको गुनासोको बारेमा टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडकी प्रबन्धक सुतिना भण्डारीले मलमा आँफुले हेर्दापनि बालुवा र माटो मिसिएको अवस्था रहेको तथा आँफुले हेर्दापनि त्यो फेला पारेको स्वीकार गरिन ।
उक्त ‘के गोल्ड’ नामक रासायनिक मल सहकारीले कञ्चनपुर सुधारत्न ट्रेडर्स एण्ड सप्लायर्सबाट खरिद गरेको भण्डारीले जानकारी दिइन ।
जस्को प्रोप्राइटर कुन्दनराज जोसी र अर्का एकजना कृष्णराज भन्ने ब्यक्ति रहेका छन् ।
आफ्नो कारणले नभइ कम्पनीकै कारणले समस्या उत्पन्न भएको भन्दै सप्यायर्स संग कुरा गरि सकेको भन्दै आफ्नो बचाउ गरिन ।
बालुवा र माटो मिसाइएको मल सबै फिर्ता पठाउन सप्लायर्सले आग्रह गरेको हुँदा त्यही अनुसार किसानलाई मल फिर्ता ल्याउन आग्रह गरिएको उनले बताइन ।
मल खेतमा प्रयोग गरि सकेका किसानलाई भने क्षतिपूर्ती दिन नसकिने उनले स्पष्ट पारिन । धान खेतमा मल प्रयोग गरि सकेका किसानहरुले भने आँफुहरुले क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।
किसान संग मल खरिदका लागि भनेर गत माघ महिनादेखि नै रकम संकलन गर्न थालेको भण्डारीले जानकारी दिइन ।
भण्डारीले आफुहरुले चार सय २० बोरा मल एउटा बोरीमा एक सय रुपैंया मार्जिन राखेर किसानलाई बेचेको जानकारी दिइन ।
अहिले सहकारीमा यूरिया र डिएपी गरि १०० बोरा मल मौजाद रहेपनि त्यो मल भने सहकारीले किसानलाई बितरण गरेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!