२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा सहकारीले किसानलाई बेचेको रासायनिक मलमा बालुवा र माटो फेला

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९


ABC-SANCHAR
दाङ । तुलसीपुरको एक सहकारीले किसानलाई बेचेको ‘के गोल्ड’ रासायनिक मलमा बालुवा र माटो फेला परेपछि शुक्रबार दिनभर किसानले सहकारीमा धर्ना दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १० स्थित टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडले स्थानीय किसानलाई बिक्रि गरेको रासायनिक मलमा बालुवा र माटो फेला परेपछि किसानले क्षतिपूर्तीको माग गरेका छन् ।
असार २२ गते स्थानीय टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडबाट प्रति बोरा दूई हजार पाँच सयका दरले स्थानीय किसानले झन्डै साढे दुई सय बोरा ‘के गोल्ड’ नामक रासायनिक मल सहकारीले बेचेको थियो ।
उक्त मल खेतमा प्रयोग गरेका स्थानीय ६० बर्षीय सालिकराम खत्री, ४५ बर्षीया स्यानी चौधरी, शिबु चौधरी, जलबहादुर चौधरी, कृष्णबहादुर केसी, मानबहादुर चौधरी लगाएत ५० बढी किसान धानमा प्रयोग गरेको मलको कुनै लक्षण नदेखिएको तथा मलमा बालुवा र माटो पाइएको भन्दै सहकारीमा क्षतिपूर्तिको माग गर्न आएका थिए ।
किसानले सहकारीले गुणस्तरहिन रासायनिक मल बेचेको हुँदा किसान सहकारीमा पुगेको थाहाँ पाएपछि वडाध्यक्ष यमराज केसीपनि सहकारीमा पुगेका थिए ।
उनले मलको गुणस्तरको सत्य तथ्य जाँच्ने निकाय नभएको हुँदा बुझेर आँफु अगाडि बढ्ने आश्वासन दिए । तर, उनले किसान भन्दा सहकारीकै पक्षमा वकालत गरेका थिए ।
किसानको गुनासोको बारेमा टरिगाउँ महिला कृषि सहकारी संस्था लिमेटेडकी प्रबन्धक सुतिना भण्डारीले मलमा आँफुले हेर्दापनि बालुवा र माटो मिसिएको अवस्था रहेको तथा आँफुले हेर्दापनि त्यो फेला पारेको स्वीकार गरिन ।
उक्त ‘के गोल्ड’ नामक रासायनिक मल सहकारीले कञ्चनपुर सुधारत्न ट्रेडर्स एण्ड सप्लायर्सबाट खरिद गरेको भण्डारीले जानकारी दिइन ।
जस्को प्रोप्राइटर कुन्दनराज जोसी र अर्का एकजना कृष्णराज भन्ने ब्यक्ति रहेका छन् ।
आफ्नो कारणले नभइ कम्पनीकै कारणले समस्या उत्पन्न भएको भन्दै सप्यायर्स संग कुरा गरि सकेको भन्दै आफ्नो बचाउ गरिन ।
बालुवा र माटो मिसाइएको मल सबै फिर्ता पठाउन सप्लायर्सले आग्रह गरेको हुँदा त्यही अनुसार किसानलाई मल फिर्ता ल्याउन आग्रह गरिएको उनले बताइन ।
मल खेतमा प्रयोग गरि सकेका किसानलाई भने क्षतिपूर्ती दिन नसकिने उनले स्पष्ट पारिन । धान खेतमा मल प्रयोग गरि सकेका किसानहरुले भने आँफुहरुले क्षतिपूर्ती पाउनु पर्ने माग गर्दै आएका छन् ।
किसान संग मल खरिदका लागि भनेर गत माघ महिनादेखि नै रकम संकलन गर्न थालेको भण्डारीले जानकारी दिइन ।
भण्डारीले आफुहरुले चार सय २० बोरा मल एउटा बोरीमा एक सय रुपैंया मार्जिन राखेर किसानलाई बेचेको जानकारी दिइन ।
अहिले सहकारीमा यूरिया र डिएपी गरि १०० बोरा मल मौजाद रहेपनि त्यो मल भने सहकारीले किसानलाई बितरण गरेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।