२५ माघ २०८१, शुक्रबार
07-02-2025 , Fri
×

जसपालाई ठुलो झटका केन्द्रीय सदस्य सहित ६९ जनाले दिए सामूहिक राजीनामा

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

ABC-SANCHAR
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का दुई केन्द्रीय सदस्यसहित ६९ नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

पर्सा क्षेत्र नम्बर ४ निवासी केन्द्रीय सदस्य वीरेन्द्र यादव, टेकबहादुर शाक्य, प्रदेश समिति सदस्य सलाउदीन अहमद, क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्य कृष्ण मोहन यादवसहित ६९ नेता कार्यकर्ताले साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्।

शनिबार वीरगन्जमा पत्रकार सम्मेलन गर्दै पार्टीमा पछिल्लो समय स्वेच्छाचारिता बढेको, एकलौटी ढङ्गबाट सञ्चालन भएको, पार्टीमा ठेकेदार र भ्रष्टाचार हाबी भएको आरोप लगाउँदै उनीहरूले सामूहिक राजीनामा दिएका हुन्।

जसपा देश र जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र पुँजी हुनेहरूको चंगुलमा डुब्दै गएकाले राजीनामा दिनुपरेको केन्द्रीय सदस्य वीरेन्द्र यादवले बताए। उनले पार्टीमा नियत राम्रो नभएका व्यक्तिहरू हाबी हुँदै गएको र पार्टीका अरू नेता, कार्यकर्तालाई बेवास्ता गर्दै गएकाले राजीनामा दिनु परेको बताए।

पार्टीलाई एकताबद्ध राख्न र विभाजनबाट जोगाउन आफूहरू लागि परेको दाबी गर्दै केन्द्रीय सदस्य टेकबहादुर शाक्यले केही व्यक्तिहरूको कारण पार्टी कमजोर बन्दै गएको र फुटको संघारमा पुगेको बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रेस काउन्सिल नेपालले झापाको ‘अमला काण्ड’ घटनालाई अतिरञ्जित प्रस्तुत गर्ने ३८ युट्युब च्यानललाई कारबाहीको दायरामा ल्याएको छ। काउन्सिलले यस्ता च्यानलहरूले सत्यतथ्य पुष्टि नगरी, पीडित र आरोपितका संवेदनशील तस्वीर र भिडियो सार्वजनिक गर्दै चरित्रहत्या गर्ने सामग्री प्रसारण गरेको जनाएको छ। च्यानलहरूले पत्रकार आचारसंहिता, महिला र जेष्ठ नागरिकका लागि निर्देशिका र गोपनीयता ऐन उल्लङ्घन गरेको […]

  काठमाडौं । नेपाल प्रहरीले सुदिन श्रेष्ठ समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गम बहादुर पौडेल भएको बैकिङ कसुर मुद्दामा फरार रहेका जि.चितवन, भरतपुर म.न.पा.वडा नं.०५ सुन्दरवस्ती घर भई हाल जि.ललितपुर, ललितपुर म.न.पा.वडा नं.१० धापाखेल बस्ने वर्ष ४४ को गम बहादुर पौडेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१०।२१ गते जि.भक्तपुर, मध्यपुर ठिमी न.पा.वडा नं.०३ […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो । अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको […]

error: Content is protected !!