२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अमर वान्तुको नयाँ गित काठे भाकैले’ बजारमा सार्वजनिक

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

ABC-SANCHAR
काठमाडौं । स्रष्टा अमर वान्तुको नयाँ गीत ‘काठे भाकैले’ सार्वजनिक भएको छ । सन्तोष श्रेष्ठको संगीत, तारावीर पाण्डे, अस्मिता अधिकारी, सन्तोष श्रेष्ठ र सहिमा श्रेष्ठको स्वर, राजु कार्कीको एरेञ्ज एवं प्रकाश मिश्रको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गम्भिर विष्टले निर्देशन गरेको डान्सिङ शैलीको गीतको भिडियोमा आर्यन खरेल र सजिना श्रेष्ठलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ । ‘सबै मिहिनेतबाट एउटा राम्रो गीत र यसको भिडियो बनेको छ, श्रोता/दर्शकले मन पराउनेमा आशावादी छौ’, सर्जजक बान्तुले भन्नुभयो । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ ।

बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) संग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीतलेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्मी भयो धरान…’लगायत थुप्रै गीत श्रोता/दर्शकले अत्यधिक मन पराएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]