२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

सामाजिक संजालमा हीराको हार पाउने प्रलोभनमा महिलाहरू ठगिदै होशियार

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९


ABC-SANCHAR
काभ्रे । मुलुकबाहिर रहेका गिरोहले नेपालका विभिन्न स्थानमा सञ्जाल फैलाउँदै महिलासँग सामाजिक सञ्जालबाट जोडिँदै नजिकको नाता कायम राखेर गहना उपलब्ध गराएको बताउँदै ठगी गर्ने गरेका खुल्न आएको हो।

ठगिएको उजुरी बोकेर आएका महिलाका अनुसार गहना र रकम पाउने प्रलोभनमा पर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। केही सातादेखि आफू ठगिएको महसुस गरेका महिलाहरूको जाहेरीका आधारमा सुरु गरिएको अनुसन्धानले देशका धेरै स्थानमा गिरोहद्वारा महिला प्रलोभनमा परेर ठगिने गरेको सूचना आएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख एसपी चक्रराज जोशी भन्छन्, ‘एकजना महिलाले आफू ठगिएको भन्दै दिएको जाहेरीका आधारमा तीन जना पक्राउ परेका छन्। उनीहरूबाट प्राप्त सूचनाका आधारमा गरिएको अनुसन्धानले धेरै व्यक्ति ठगिने गरेका छन् । नेपाल समाचारपत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!