२९ भाद्र २०८१, शनिबार
14-09-2024 , Sat
×

कैलालीको मोहन्याल गाउँपालिकाका कार्यकारी अधिकृत ३० हजार घुससहित पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

ABC-Sanchar
धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दिपेन्द्र बुढा पक्राउ परेका छन्। गाउँपालिकाको जिन्सी शाखा प्रमुखका रुपमा कार्यरत बुढा ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

बुढा बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत ३० हजार कमिशन रुपैयाँसहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कंचनपुरले जानकारी दिएको छ।

घोडाघोडी नगरपालिका- १ स्थित होटेल नवरत्नबाट बिउबिजन सामाग्रीको रकम भुक्तानीबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो। उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बझाङ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ८ बजेर ३६ मिनेटमा ३.७ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । भूकम्पको धक्का बझाङ र आसपासका क्षेत्रमा सामान्य महसुस भएको बताइएको छ ।

  बाँके । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, सुर्खेत(हाल नेपालगंज) मा “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton)” निरीक्षणको लागि यस केन्द्रमा पाल्नु भएका तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी समेतको समितिद्वारा यस केन्द्रको निरीक्षण सम्पन्न भयो । साथै उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी ज्यूले यस केन्द्रमा […]

  काठमाडौं । उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। […]

error: Content is protected !!