२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

वडाध्यक्षलाई पानीमा फाल्ने बुटवलका डीएसपी ठगबहादुरलाई कारबाही गर्न मानव अधिकार कर्मीहरुको आग्रह

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

ABC (क्राईमबिट)

बुटवल । वाक स्वतन्त्रताको सम्मान गरी प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा वडाअध्यक्षमााथि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले दुव्र्यवहार गरेको घटनाप्रति मानव अधिकारकर्मीहरूले साउन २ गते प्रेस विज्ञप्थि जारी गर्दै आग्रह गर्नुका साथै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा तिलोत्तमा नगरपालिकाका नगरसभामा भएको उक्त घटनाले आमनागरिकलाई सुरक्षा दिन बसेका निकायको कार्यान्वयन गर्ने र निर्देशनात्मक आदेश दिनसक्ने अधिकारीबाट नै यस्तो खालको घटना हुनु गैरकानुनी हुनुका साथै नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौता बिपरीत भएको हाम्रो ठम्याई छ‘– भनिएको छ ।

यसैगरी, आफ्नो राष्ट्र, वडा वा स्थानीय तहका नागरिकको हक अधिकार वा आवश्यकता प्रस्तुत गर्ने र त्यसका बारेमा वकालत गर्ने जिम्मेवारी आमनेपाली नागरिकको भएको र जन निर्वाचित वडाअध्यक्षले आफ्नो नगर र वडाको समस्या राख्न पाउनुपर्ने अवस्थामा प्रहरीको उच्च पदस्त कर्मचारीबाट नै यस्तो खालको दुव्र्यवहार हुनु लज्जास्पद र खेदपूर्ण रहेको विज्ञप्तिमा मा उल्लेख छ ।

उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका सचिव पदम पाण्डे, एफडब्लुएलडी, नेपालगञ्जका संयोजक अधिवक्ता सुनिल श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालगञ्जका संयोजक बसन्त गौतम, मानवअधिकारकर्मी अधिवक्ता शिव गौडेलद्वारा संयुक्तरुपमा प्रकाशित विज्ञप्तीमा यस्तो जनाइएको हो ।

विज्ञप्तिमा यस्ता खालका घटना हुनु वाक स्वतन्त्रता बिपरित हुनुका साथै सुरक्षाकर्मीको व्यवसायिकता र पदीय मर्यादा बिपरीत भएको, प्रहरीको जिम्मेवार पदमा रहेका पदाधिकारीबाटै यस्ता खालका क्रियाकलाप हुनु मानव अधिकारका मुल्य मान्यता सिद्धान्तको प्रतिकुल कार्य भएकोले यस घटनामा संलग्न आरोपितलाई कानुनी कारबाही गर्नुको साथै यस किसिमका घटना हुन नदिन सम्बद्ध पक्षसँग हामी जोडदार माग गर्दछौ भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!