०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

वडाध्यक्षलाई पानीमा फाल्ने बुटवलका डीएसपी ठगबहादुरलाई कारबाही गर्न मानव अधिकार कर्मीहरुको आग्रह

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

ABC (क्राईमबिट)

बुटवल । वाक स्वतन्त्रताको सम्मान गरी प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा वडाअध्यक्षमााथि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले दुव्र्यवहार गरेको घटनाप्रति मानव अधिकारकर्मीहरूले साउन २ गते प्रेस विज्ञप्थि जारी गर्दै आग्रह गर्नुका साथै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा तिलोत्तमा नगरपालिकाका नगरसभामा भएको उक्त घटनाले आमनागरिकलाई सुरक्षा दिन बसेका निकायको कार्यान्वयन गर्ने र निर्देशनात्मक आदेश दिनसक्ने अधिकारीबाट नै यस्तो खालको घटना हुनु गैरकानुनी हुनुका साथै नेपालको संविधान र अन्तर्राष्ट्रिय सन्धि सम्झौता बिपरीत भएको हाम्रो ठम्याई छ‘– भनिएको छ ।

यसैगरी, आफ्नो राष्ट्र, वडा वा स्थानीय तहका नागरिकको हक अधिकार वा आवश्यकता प्रस्तुत गर्ने र त्यसका बारेमा वकालत गर्ने जिम्मेवारी आमनेपाली नागरिकको भएको र जन निर्वाचित वडाअध्यक्षले आफ्नो नगर र वडाको समस्या राख्न पाउनुपर्ने अवस्थामा प्रहरीको उच्च पदस्त कर्मचारीबाट नै यस्तो खालको दुव्र्यवहार हुनु लज्जास्पद र खेदपूर्ण रहेको विज्ञप्तिमा मा उल्लेख छ ।

उच्च अदालत बार एशोसिएशन नेपालगञ्जका सचिव पदम पाण्डे, एफडब्लुएलडी, नेपालगञ्जका संयोजक अधिवक्ता सुनिल श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत, एडभोकेसी फोरम नेपालगञ्जका संयोजक बसन्त गौतम, मानवअधिकारकर्मी अधिवक्ता शिव गौडेलद्वारा संयुक्तरुपमा प्रकाशित विज्ञप्तीमा यस्तो जनाइएको हो ।

विज्ञप्तिमा यस्ता खालका घटना हुनु वाक स्वतन्त्रता बिपरित हुनुका साथै सुरक्षाकर्मीको व्यवसायिकता र पदीय मर्यादा बिपरीत भएको, प्रहरीको जिम्मेवार पदमा रहेका पदाधिकारीबाटै यस्ता खालका क्रियाकलाप हुनु मानव अधिकारका मुल्य मान्यता सिद्धान्तको प्रतिकुल कार्य भएकोले यस घटनामा संलग्न आरोपितलाई कानुनी कारबाही गर्नुको साथै यस किसिमका घटना हुन नदिन सम्बद्ध पक्षसँग हामी जोडदार माग गर्दछौ भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!