१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

प्रचण्ड र बाबुरामबीच वार्ता जारी

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९


ABC-Sanchar
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईबीच सिंहदरबारमा छलफल चलिरहेको छ ।

माओवादीको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच छलफल चलिरहेको स्रोतले जनाएको छ । भट्टराई र प्रचण्डबीच यसअघि पटक पटक उपराष्ट्रपति नन्द बहादुर पुनःको निवासमा भेट भइसकेको छ ।

अध्यक्ष प्रचण्ड भारत भ्रमणबाट फर्किसकेपछि दुईजनाको यो पहिलो भेट हो । जसपाबाट कारबाहीमा पर्नु अघिदेखि नै भट्टराईले नयाँ पार्टी गठन गर्न बाटो खुलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक आग्रह गर्दै आइरहेका थिए । अहिले पनि उनी जसपाबाट निस्कन चाहिरहेका छन् तर कानुनले साथ नदिएको कारण त्यहीँ अल्झिरहेका छन् ।

दल विभाजनसम्बन्धी ऐन सक्रिय बनाएर पार्टी विभाजन गर्न सहज बनाई दिन अध्यक्ष भट्टराईको आग्रह रहेको छ । स्रोतका अनुसार त्यही विषयमा दुई जनाबीच छलफल भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]