२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कस्तुरीको बिना भनेर बाख्राको छालामा पर्फ्युँम दलेको पुष्टि, लिम्बूलाई फसाउने लाई कार्वाही

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । कस्तुरीको बिना प्रकरणमा पक्राउ परेका पाँचथरका शिव लिम्बु १२ दिनपछि सोमबार छुटेका छन । गत असार २३ गते काठमाडौंको चाबहिलबाट कस्तुरीको बिना लुकाई राखेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।

तर, लिम्बु निर्दोष देखिने सीसीटिभी फुटेज कार्यक्रम सिधा कुरा जनतासँगले सार्वजनिक गरेपछि यो विषयले प्रहरी प्रशासनमा तरंग पैदा गरेको थियो ।

कार्यक्रम प्रशारण भएकै भोलिपल्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाका सम्बन्धमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिको निष्कर्षपछि जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंको साउन २ गते लिम्बु निर्दोष रहेको ठहर गर्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।

सोमबार डिभिजन वन कार्यलय काठमाडौंबाट छुट्दै गर्दा उनको परिवारमा आक्रोस सहितको खुशी झल्किन्थ्यो । निर्दोष भए पनि १२ दिनसम्म हिरासतमा बस्नु पर्दाको पीडा शिव र उनको रिहाइका लागि संघर्ष गरेकी उनकी पत्नी प्रतिमाले यसरी पोखे ।

त्यो दिनको भिडियो सीसीटीभीमा कैद नभएको भए गम्भीर कानुनी उल्झनमा फस्ने उनीहरुले आशंका व्यक्त गरेका छन् ।

प्रहरीको तदारुकताः फसाउन खोज्ने आफैं फसे कार्यक्रम सिधाकुरा जनतासँगको ८७१ औं श्रङ्खलामा निर्दोष फसेको देखिने सीसीटिभी फुटेज प्रशारण भएको थियो ।

घटना पेचिलो र रहस्यमय देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसपी दिलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन ग-यो र ५ दिनमा शिव लिम्बुलाई निर्दोष फसेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

 

प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा पाँचथरकै आदम भन्ने सुवाष राईले शिवलाई फसाएको जनाएको छ । सुवासको योजना मुताविक नै नारायण कार्की भन्ने कृष्ण श्रेष्ठले कस्तुरीको विना जस्तो देखिने वस्तु शिवको बाईकमा राखेको र प्रहरीलाई खबर गरेका थिए ।

यो तथ्य बाहिरिएसँगै शिव लिम्बु छुटेका छन् भने योजना बनाउने सुभाष फरा भएका छन् ।

सुवासको योजनाअनुसार शिवको मोटरसाइकलको सिटमुनी कस्तुरीको नक्कली बिना राख्ने कृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।

शिव लिम्बुलाई प्रहरीले कस्तुरीको विना बिक्री वितरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा शिवको मोटरसाइकलको सिटमुनी राखिएको वस्तु विना नभएर बाख्राको छालाभित्र पफर््यूम दलेर तयार पारिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।