०५ आषाढ २०८२, शुक्रबार
20-06-2025 , Fri
×

कस्तुरीको बिना भनेर बाख्राको छालामा पर्फ्युँम दलेको पुष्टि, लिम्बूलाई फसाउने लाई कार्वाही

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । कस्तुरीको बिना प्रकरणमा पक्राउ परेका पाँचथरका शिव लिम्बु १२ दिनपछि सोमबार छुटेका छन । गत असार २३ गते काठमाडौंको चाबहिलबाट कस्तुरीको बिना लुकाई राखेको आरोपमा प्रहरीले लिम्बुलाई पक्राउ गरेको थियो ।

तर, लिम्बु निर्दोष देखिने सीसीटिभी फुटेज कार्यक्रम सिधा कुरा जनतासँगले सार्वजनिक गरेपछि यो विषयले प्रहरी प्रशासनमा तरंग पैदा गरेको थियो ।

कार्यक्रम प्रशारण भएकै भोलिपल्ट काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाका सम्बन्धमा छानविन समिति गठन गरेको थियो ।

छानविन समितिको निष्कर्षपछि जिल्ला सरकारी वकिल कार्यलय काठमाडौंको साउन २ गते लिम्बु निर्दोष रहेको ठहर गर्दै मुद्दा नचलाउने निर्णय गरेको छ ।

सोमबार डिभिजन वन कार्यलय काठमाडौंबाट छुट्दै गर्दा उनको परिवारमा आक्रोस सहितको खुशी झल्किन्थ्यो । निर्दोष भए पनि १२ दिनसम्म हिरासतमा बस्नु पर्दाको पीडा शिव र उनको रिहाइका लागि संघर्ष गरेकी उनकी पत्नी प्रतिमाले यसरी पोखे ।

त्यो दिनको भिडियो सीसीटीभीमा कैद नभएको भए गम्भीर कानुनी उल्झनमा फस्ने उनीहरुले आशंका व्यक्त गरेका छन् ।

प्रहरीको तदारुकताः फसाउन खोज्ने आफैं फसे कार्यक्रम सिधाकुरा जनतासँगको ८७१ औं श्रङ्खलामा निर्दोष फसेको देखिने सीसीटिभी फुटेज प्रशारण भएको थियो ।

घटना पेचिलो र रहस्यमय देखिएपछि काठमाडौं उपत्यका प्रहरी कार्यालयले एसपी दिलिप घिमिरेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन ग-यो र ५ दिनमा शिव लिम्बुलाई निर्दोष फसेको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

 

प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा पाँचथरकै आदम भन्ने सुवाष राईले शिवलाई फसाएको जनाएको छ । सुवासको योजना मुताविक नै नारायण कार्की भन्ने कृष्ण श्रेष्ठले कस्तुरीको विना जस्तो देखिने वस्तु शिवको बाईकमा राखेको र प्रहरीलाई खबर गरेका थिए ।

यो तथ्य बाहिरिएसँगै शिव लिम्बु छुटेका छन् भने योजना बनाउने सुभाष फरा भएका छन् ।

सुवासको योजनाअनुसार शिवको मोटरसाइकलको सिटमुनी कस्तुरीको नक्कली बिना राख्ने कृष्ण श्रेष्ठ पक्राउ परेका छन् ।

शिव लिम्बुलाई प्रहरीले कस्तुरीको विना बिक्री वितरणमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परिक्षणमा शिवको मोटरसाइकलको सिटमुनी राखिएको वस्तु विना नभएर बाख्राको छालाभित्र पफर््यूम दलेर तयार पारिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ लोकतन्त्रको मेरुदण्ड मानिने संसद् जनप्रतिनिधिका आवाज बोकेको संस्था मात्रै होइन, जनताका आवश्यकता, सरोकार र सरकारका गतिविधि नियाल्ने केन्द्र पनि हो। यस्तो संवेदनशील संस्थाको कार्यशैली, नीति निर्माण प्रक्रिया र बहसलाई समाज सम्म पुर्‍याउने काम पत्रकारहरूको काँधमा हुन्छ। तर, संसद्को भित्री संरचना, प्रक्रियागत पाटो र विविध पक्षबारे जानकारी बिना गरिने रिपोर्टिङ अपुरो मात्र होइन, […]

धनगढी । कैलाली कारागारमा रहस्यमय मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथ पक्राउ परेका छन् । डडेल्धुराको भागेश्वर गाउँपालिका–२ का २८ वर्षीय हरिसिंह पालीको मृत्यु घटनाको अनुसन्धानका लागि सई नाथलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले सई नाथविरुद्ध मृतककी […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालय को आयोजना तथा Nepal Association of Rafting Agencies (NARA) को सहकार्यमा मिति २०८२/०२/२९ गतेदेखि ०३/०५ गतेसम्म सञ्चालित जल उत्पन्न प्रकोप उद्दार प्रतिकार्य सम्बन्धि अनुशिक्षण तालिम काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक टेक बहादुर तामाङको बिषेश आतिथ्यतामा सम्पन्न भएको […]

error: Content is protected !!