२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

डिआईजी मिराले साहित्यका माध्यमबाट सडक सुरक्षा तथा ट्राफिक जनचेतना कार्यक्रम गर्दै

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित साहित्यका माध्यमबाट सडक सुरक्षा सम्बन्धी ट्राफिक जनचेतना प्रवर्धन कार्यक्रम काठमाडौँ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले शान्ति सु-व्यवस्था लगायत बढ्दै गएको सडक सुरक्षामा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । ट्राफिक प्रहरीले सडक सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि साहित्य समाज, विद्यार्थी, युवावर्ग लगायतका हरेक समुदायसँग जनचेतनामूलक अन्तरक्रिया कायक्रमलाई अझ प्रभावकारी रुपमा संचालन गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । साथै उहाँले ट्राफिक प्रहरीले संचालन गर्ने हरेक कार्यक्रमलाई प्रवर्धन र सहयोग गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सदैव तयार रहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा अवसरमा मेट्रो ट्राफिक एफएम व्यवस्थापन समितिकी अध्यक्ष तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले समाजका हरेक वर्गसम्म सडक सुरक्षालाई जोड्न साहित्यले अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । साथै उहाँले आफ्नो रचनामा ट्राफिक नियम सम्बन्धी सचेतना फैलाउने विषय राख्न साहित्यकारहरूलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा कविहरु डा. कृष्णहरि बराल, डा.रजनी ढकाल, डा. साधना प्रतीक्षा, धीरेन्द्र प्रेमर्षि र भीष्म उप्रेतीले आ-आफ्नो रचना वाचन गर्नुभएको थियो । साथै उहाँहरूसँग साहित्यमा ट्राफिक चेतनाका कुरा, साहित्यमा सुरक्षाका कुरा, साहित्य, सडक, समाज र सुरक्षाका कुरा, साहित्यका आँखामा ट्राफिक प्रहरी लगायतका विषयमा अन्तरक्रिया समेत भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]