२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका ३२ जना एसएसपीमा बढुवा दर्जन बढी जिल्ला एसपी विहिन

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा भएका छन् । २५ असारमा उनीहरुको सिफारिस भएकोमा मंगलबार गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो ।

उनीहरुको बढुवासँगै करिब दर्जन जिल्ला रिक्त भएका छन् । मोरङ, बारा, रौतहट, मकवानपुर, कपिलवस्तु, कपिलवस्तु, पश्चिम नवलपरासी, डोटी लगायत जिल्लामा रिक्त भएका हुन् । मोरङका राजन अधिकारी, बाराका दिलिपसिंह देउवा, रौतहटका बिनोद घिमिरे, मकवानपुरमा सुरेन्द्र गुरुङ, कपिलवस्तुका दानबहादुर कार्की, पश्चिम नवलपरासीका मनोज कुमार यादब, डोटीका शारदा प्रसाद चौधरी बढुवा भएका हुन् । बढुवा भएकालाई बुधबार दज्र्यान्ही चिन्ह लगाउने कार्यक्रम छ ।

त्यस्तै, कास्की जिल्लामा पनि खाली भइसकेको छ । बाँके, सुर्खेत, पाल्पा लगायत जिल्लाका एसपीको पनि अवधि पुगेको छ । रिक्त हुने जिल्लामा कृष्ण कोइराला, दिलिप घिमिरे, अजय केसी, आभूषण तिमल्सिना, दीपशमशेर जबरा, सन्तोषसिंह राठौर, होबिन्द्र बोगटी, श्याम कुमार महतो, सुदर्शन कोइराला, सविन प्रधान, गंगा पन्त, कमल थापा लगायत मुख्य दाबेदार छन् । तर, प्रधानमन्त्री र गृहमन्त्री निकट बिचौलियाहरु जिल्ला पठाउने भन्दै पैसा उठाउन थालेका छन् । जिल्ला इन्चार्जको न्यूनतम दररेट १० लाख राखिएको छ । जसले धेरै पैसा बुझाउँछ उही जिल्ला जाने अवस्था छ । बढुवामा अस्वस्थ खेल भएकाले नै दर्जन जिल्ला रिक्त हुँदा पनि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सरुवा निकाल्न सकेका छैनन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]