२४ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

विप्लव सहितको वाम गठबन्धन पार्टीले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्दै

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

(ABC-Sanchar)
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा सहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपराह्न बस्ने बैठकले आगामी सङ्घर्षका कार्यक्रम र कार्यगत एकतालाई अरू व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।

यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरूले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो ।

गठबन्धन गर्ने वामपन्थी दलहरूमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा ९माओवादी समाजवादी० र सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकारले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनबारे गरेको निर्णय पक्षपाती र षड्यन्त्रपूर्ण भएको आरोप लगाएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सुरक्षाकर्मीको हकमा अध्ययन समिति गठन गर्ने तर तत्कालीन प्रधानमन्त्री, गृहमन्त्रीलगायतको हकमा सोझै कार्यान्वयन गर्ने निर्णय गरेको भन्दै उनले यस्तो कदमले देशलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी […]

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ सुरु भएको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदैछन् । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिँदैछन् । उनीहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदलाई मन्त्री नबनाउने निर्णय लिएको छ । पार्टीको चुनाव चिन्हमा कानून बनाउने विश्वासमा मत आएका कारण समानुपातिक सांसदलाई अन्य कुरामा नअल्झाउने कुरामा नेतृत्व प्रस्ट भएपछि यो निर्णय लिएको एक नेताले बताए ।

error: Content is protected !!