१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

विप्लव सहितको वाम गठबन्धन पार्टीले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्दै

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

(ABC-Sanchar)
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा सहितका साना दलहरूको ‘वाम गठबन्धन’ ले बिहीबार सङ्घर्षको कार्यक्रम घोषणा गर्ने भएका छन् । बिहीबार अपराह्न बस्ने बैठकले आगामी सङ्घर्षका कार्यक्रम र कार्यगत एकतालाई अरू व्यापक बनाउने निर्णय विज्ञप्तिमा जनाइएको छ ।

यसअघि बुधबार बसेको बैठकले साना वामपन्थी दलहरूले कार्यगत एकतालाई थप व्यापक बनाउने गरेको थियो ।

गठबन्धन गर्ने वामपन्थी दलहरूमा विप्लव नेतृत्वको नेकपा माओवादी, मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, कर्णजित बुढाथोकी नेतृत्वको नेकपा ९माओवादी समाजवादी० र सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]