१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

बिहीबार छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

(ABC-Sanchar)
काठमाण्डौ । संसदीय छानबिन विशेष समितिको बैठक सुरु भएको छ । बैठकले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिँदैछ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको हिजो बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिएको छ ।

सचिव अर्यालले छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा पनि छलफल भएको बताए । समितिले म्याद थपको विषयमा छलफल मात्रै भएको भनिए पनि सात दिन म्याद थप गर्न सभामुखलाई आग्रह गर्ने तयारी छ । ्

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय समितिलाई छानबिनका लागि दिएको १० दिनको समय भोलिसम्म मात्रै बाँकी छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ ।

यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम […]

(एबिसि संचार ) नागरिक उन्मुक्ति पार्टीका दुई समूहबीच कुटाकुट भएको छ । रेशम चौधरी र पत्नी रञ्जिता श्रेष्ठबीचको विवादले विभाजनको मुखमा पुगेको नागरिक उन्मुक्तिको अनामनगरस्थित पार्टी कार्यालयमै कुटाकुट भएको हो । बैठक बसिरहेका बेला रेशम र रञ्जिता पक्षका नेताहरुबीच हात हालाहाल भएको हो । रञ्जिता वर्तमान गठबन्धन सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने रेशम प्रतिपक्षमा […]

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]