२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिदाको दिन अत्यावश्यक सरकारी गाडीले पास लिनुपर्ने गृह मन्त्रालयको निर्देशन

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक बिदाको दिनमा सरकारी सवारी साधन चलाएको भन्दै विभिन्न समूहको नाममा सरकारी सवारी साधन रोक्ने, चाबी खोस्नेलगायतका काम भइरहेको हुँदा ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रायका उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “त्यस्ता गतिविधि भइरहेको हुँदा झण्डावाल सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधनहरूलाई सार्वजनिक बिदाको दिन चलाउन सवारी पास आवश्यक नपर्ने हुँदा सोही बमोजिम आवश्यक व्यवस्था मिलाउनुहुन र सो बारेमा सर्वसाधारणलाई समेत सु-सूचित गर्न गराउनुहुन तथा उपरोक्त बमोजिम बाहेकका सरकारी सवारी साधन बिदाका दिन समेत चलाउनुपर्ने भएमा अनिवार्य सवारी पास लिनुपर्ने व्यवस्था कडाईका साथ लागु गर्नु गराउनुहुन अनुरोध छ ।”
गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै भनेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!