२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीका नवनियुक्त ३२ जना एसएसपीले लगाए दर्ज्यानी चिन्ह (फूली)

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले हालै बढुवा भएका ३२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका छन् ।

केहिदिन अघि प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल, गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरीलाई आईजीपी सिंहले दर्ज्यानी प्रदान गरेका हुन् ।

समारोहमा आईजीपी सिंहले बढुवा भएका एसएसपीहरुलाई बधाई दिँदै बढुवापछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]