१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

भेटघाटमा प्रचण्डद्वारा बाबुरामसँग पार्टी एकताको प्रस्ताव केभने बाबुरामले ?

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

ABC-Sanchar
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वाम पार्टीबीच एकताका लागि प्रस्ताव अघि सारेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग बिहीबार अध्यक्ष प्रचण्डले यस्तो प्रस्ताव राखेका हुन् ।

ललितपुरको हात्तीवन हाउजिङस्थित प्रचण्ड र बाबुरामबीच प्रचण्डका भान्जा गोकुल भण्डारीको अपार्टमेन्टमा छलफल भएको हो । बाबुराम निकट एक नेताका अनुसार बिहीबार बिहान ९ बजेदेखि ११ बजेसम्म उनीहरुबीच छलफल भएको थियो ।

सो छलफलमा अध्यक्ष प्रचण्डले माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादी र डा. भट्टराईको जसपाबीच एकता प्रस्ताव अघि सारेका हुन् । माओवादी केन्द्रसँग एकता गर्न भट्टराईले नमानेपछि प्रचण्डले तीन पार्टीबीच एकता गरेर जानुपर्ने बताएको ती नेताले बताए ।

पार्टी एकता गर्दा नेकपा समाजवादी केन्द्र नाम राखेर जान सकिने प्रचण्डले प्रस्ताव गरेको बताइएको छ । अध्यक्ष प्रचण्डको प्रस्ताव सकारात्मक भएको भट्टराईनिकट ती नेताले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                        नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट ०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई […]

(एबिसि संचार ) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमै कुटपिट भएको छ। उनीमाथि आइतवार बिहान हातपात भएको हो। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक हलबाट बाहिर निस्कँदै गर्दा श्रेष्ठमाथि आक्रमण भएको नेता दीपकबहादुर सिंहले बताए।

(एबिसि संचार )                                                          राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कार्यालयमा कुटाकुट भएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेताहरु बैठकबाट बहिरिदै गर्दा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ ।   […]