२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङको टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माण कार्य अन्तिम चरणमा

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

(ABC-Sanchar)
दाङ । तुलसीपुर उपमहानगरपालिका १२ स्थित टरिगाउँ विमानस्थलमा इन्धन डिपो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । डिपोका लागि ट्याङ्की र बाउजर ल्याइसकिएको छ भने अन्य संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।

अहिले विमानस्थलमा ३० हजार लिटर अट्ने क्षमताको ट्याङ्की निर्माण गरिएको छ । इन्जिनियर सुरज शाहका अनुसार ट्याङ्की ३० हजार लिटरको भए पनि अहिले २० हजार लिटरमात्र ट्याङकीमा राखिएको छ । गएको वर्ष साउनदेखि उक्त इन्धन डिपो निर्माणको काम सुरु भएको हो ।

भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणको पुगेको भए पनि प्राविधिक जाँचको काम बाँकी रहेकाले प्राविधिक जाँच भएपछि मात्रै सञ्चालनमा आउने उनको भनाइ छ । न्यू ड्राइभन एमसी फाल्गुनान्दले करिब रु एक करोड ५० लाख लागतमा निर्माणको जिम्मा लिएको थियो ।

इन्धन डिपो नहुँदा काठमाडौँबाटै इन्धन बोकेर ल्याउनुपर्ने अवस्था थियो । यात्रु बस्ने सिटमा राखेर इन्धन ल्याउनुपर्ने अवस्था भएकाले पनि भाडा महँगो पर्न जाने गरेको थियो, अब भने केही सस्तो हुने अपेक्षा गरिएको छ ।

टरिगाउँ विमानस्थलमा अहिले सातामा पाँच दिन जहाज सञ्चालन हुने गरेको छ । शुक्रबार र शनिबारबाहेक अन्य दिन नियमित उडान हुने गरेको छ । विसं २०११ मा टरिगाउँ विमानस्थलमा पहिलोपटक विमान अवतरण भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि नेपालको दोस्रो पुरानो विमानस्थल विभिन्न समयमा बन्द हुँदै सञ्चालन हुने गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]