३१ जेठ २०८२, शनिबार
14-06-2025 , Sat
×

बिदाको दिन यातायात कार्यालय दाङको सरकारी मोटरसाइकल दुरुपयोग

Logo
प्रकाशित शनिबार, साउन ०७, २०७९


(सागर थापा)
दाङ । जनप्रतिनिधि तथा कर्मचारीलाई दिइएको मोटरसाइकल जिप,कारलगायत सवारीसाधनमा घरायसी कामकाजमा ब्यापक प्रयोग भइरहेको भेटिएको छ ।

शनिबार,सार्वजनिक बिदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सञ्चालन गर्नुपर्ने भए कर्मचारी र जनप्रतिनिधिले सरकारी सवारी आफ्नो निजि कामको लागि चलाउने गरेको भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट पटक पटक घरायसी तथा अनावश्यक काममा सवारी प्रयोग नगर्न आग्रह गरे पनि सवारी साधनको दुरुपयोग रोकिएको छैन ।

कर्मचारीहरुले सवारी साधनमा पारिवारिक कामकाजका लागि प्रयोग गरिरहेका छन् । साथै उनीहरुले बजारमा फलफूल तरकारी दुध किन्न र समेत सरकारी गाडी नै प्रयोग गरिरहेका हुनछन् ।

कर्मचारीले दिएको जिम्मेवारी भन्दा व्यक्तिगत व्यावसायिक कामका लागि सरकारी साधन दुरुपयोग भएपछि स्थानीय आक्रोशित भएका छन् ।

सार्वजनिक बिदा शनिबार दाङको भालुवाङ बजारमा यातायात कार्यालय दाङ भालुवाङको बा.२ ब. ३५७३ नम्बरको सरकारी मोटरसाई फलफूल र तरकारी दुध किन्नमा चरम दुरुपयोग मात्र होइन, ट्राफिक नियमको उल्लंघन समेत गरेको पाइएको छ । यस्तै शनिबार बिहान् प्युठान बन कार्यालयको सरकारी मोटरसाइकल प्रशासनको बिना पास भालुवाङको एक होटलमा दुरुपयोग गरेको पाइएको छ । अस्थायी ट्राफिक पोस्ट भालुवाङलाई एबिसी संचारको पत्रकार सन्तोष थापा क्षेत्रीले जानकारी गराए पछी मोटरसाइकल प्युठान फर्काएको थियो

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक झबिन्द्र परियारले सार्वजनिक बिदाको दिन ट्राफिक प्रहरीले चेकजाँचको क्रममा सरकारी सवारी साधन भेटाए सम्म जरिवाना कार्वाही र अबदेखि पास बिना
नचलाउन सम्झाई बुजाई छोडेको बताए ।

यता दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सरकारी सवारीसाधन दुरुपयोग नियन्त्रण गरिने आश्वासन दिएका छन । त्यस्तै उनले सरकारी कर्मचारीलाई पटक पटक निर्देशन र अनुरोध गरेको पनि बताए । हामीले सबैलाई अनुरोध र निर्देशन गरेकै हुन्छौँ,ट्राफिक प्रहरीलाई निर्देशन समेत दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]

काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]

काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]

error: Content is protected !!