२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीका १६ जना एसपीहरु एसएसपीमा बढुवा सिफारिस

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । सशस्त्र प्रहरी बलमा १६ जना एसएसपीको बढुवाका लागि सिफारिस भएको छ । शनिवार सांझ बसेको बढुवा समितिको बैठकले सशस्त्रमा १४ कामु एसएसपीसहित अन्य दुई जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो ।

एसएसपी प्रविण कंडेल एक नम्बरमा बढुवा सिफारिस भएका छन् । कामु एसएसपी दिपेन्द्र कुंवर पनि बढुवाका लागि सिफारिस भएका छन्् । त्यस्तै महानिरीक्षकको सचिवालयमा रहेका विष्णु भट्ट बढुवा भएका छन् ।

बढुवामा दिगविजय सुवेदी, विश्वकुमार भट्टराई, भुपेन्द्र केसी, कमल तिउसिना,निरकृष्ण अधिकारी, सुधिरजंग थापा,किरण बस्नेत र माधव पौडेल,उद्धव बहादुर न्यौपाने,राजेन्द्र खड्का र नरेन्द्र सेन बढुवा भएका छन् । त्यसैगरी एसपीबाट किरण ढुंगाना र शंकर खनाल एसएसपी बढुवाका लागि सिफारिस भएका छन् ।

गृहसचिव टेकनारायण पाण्डेको अध्यक्षमा गृहमन्त्रालयले गठन गरेको बढुवा समितिमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सदस्य र एआईजी नारायणदत्त पौडेल सदस्य सचिव छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]