०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

प्रहरी हेटक्वाटरले ७ जिल्लाका एसपीको सरुवा कपिलवस्तुमा प्रेम बहादुर बस्नेत

Logo
प्रकाशित आइतबार, साउन ०८, २०७९


(सागर थापा)
काठमाडौं । नेपाल प्रहरीका ११ जना एसपीको सरुवा भएको छ । सात जिल्लाका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले एसपीहरूको काज सरुवा गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा प्रेमबहादुर बस्नेतलाई सरुवा गरिएको छ । बस्नेत प्रहरी प्रधान कार्यालयका प्रबन्ध शाखामा कार्यरत थिए । रौतहटमा वीरबहादुर बुढामगर, मकवानपुरमा वामदेव गौतम र बारामा होबिन्द्र बोगटीलाई सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीमा दिलिप घिमिरे, कास्कीमा अजय केसी र भक्तपुरको जिल्ला इन्चार्जमा प्रतिज केसीलाई सरुवा गरिएको छ ।


भक्तपुरमा कार्यरत शिवकुमार श्रेष्ठलाई अख्तियारमा सरुवा गरिएको छ । कार्य विभागमा कार्यरत अनुपम शम्शेर जबरा इन्टरपोल शाखामा सरुवा भएका छन् । सिआइबीमा कार्यरत विश्व अधिकारी युएन शाखामा सरुवा भएका छन् । युएन शाखाबाट गंगा पन्तलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!