१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

काठमाडौंका मेयर बालेनले इन्द्रजात्रामा विदेशका मेयरहरुलाई निमन्त्रणा गरे

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

(ABC-Sanchar)
काठमाडौं । यस बर्षको इन्द्रजात्रा अवलोकनका लागि अन्तरराष्ट्रिय नगरका प्रमुखहरुलाई निमन्त्रणा गर्न काठमाडौँ महानगरपालिकाले आन्तरिक तयारी थालेको छ।

साउन १ गतेको छैटौँ कार्यपालिका बैठकले यस विषयमा निर्णय गरिसकेको छ।

निर्णय कार्यान्वयनका लागि महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मूल समारोह समिति हुनेछ। त्यस समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरु सदस्य रहनेछन्।

आज प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको तयारी बैठकमा कार्यान्वयन समिति गठन गरिएको छ। समितिमा प्रशासन, वित्त र सम्पदा विभाग, हनुमानढोका दरबार संरक्षण कार्यक्रम र अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहेका छन्।

बैठकमा उपप्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालसहित विभागीय प्रमुखहरु थिए।

यस बर्ष भदौ २४ गते शुक्रबार इन्द्रजात्रा परेको छ। यो जात्रा हेर्न महानगरले भगिनी सम्बन्ध भएका १८ वटा नगरबाट र दक्षिण एशियाली मुलुकहरु (सार्क राष्ट्र)बाट ७ वटा राजधानी सहरका प्रमुख गरी २५ वटा नगरबाट प्रमुखहरुलाई निमन्त्रणा गर्ने तयारी छ। प्रमुखहरुका साथमा ४ जना अधिकारीहरुलाई निम्ता दिइनेछ। यसरी २५ वटा नगर प्रत्येकबाट ४ जना सहभागी आउँदा १ सय जना पाहुना आउनेछन्।

२०७६ सालको इन्द्रजात्रामा ६ वटा देशका १३ वटा नगरलाई निम्ता गरेको थियो। तीमध्ये ५ वटा देशका ११ वटा नगरबाट ४ जना मेयर, उपमेयररउपाध्यक्षसहित ४१ जना पाहुना सहभागी भएका थिए। त्यसपछिका बर्षहरुमा कोविड १९ संक्रमणका कारण अन्तरराष्ट्रिय सम्बन्ध भएका कुनै पनि नगरबाट कसैलाई पनि बोलाइएन।

महानगरको भगिनी सम्बन्ध

महानगरले देशभित्रका ५ वटा र अन्तरराष्ट्रिय स्तरका १८ वटा नगरसँग भगिनी सम्बन्ध छ। डडेल्धुराको अमरगढी नगरपालिका, जुम्लाको चन्दननाथ नगरपालिका, नवलपरासी, वर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका आन्तरिक सम्बन्ध भएका नगरपालिका हुन्।

अन्तरराष्ट्रिय नगरहरुमा चीनमा सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङ्दु, जिन्झाउ र लान्चोउ गरी ७ वटा नगर महानगरको भगिनी सम्बन्ध भएका सहर हुन्। धेरै सहरसँग भगिनी सम्बन्ध भएका देशहरुमा चीन पहिलो हो। चीनपछि संयुक्त राज्य अमेरिका दोस्रो हो। यसका बोल्डर, फेडरिकबर्ग, युजिन र रोचेष्टर गरी ४ वटा नगरसँग भगिनी सम्बन्ध छ।

यसैगरी जापानको मात्सुमोतो, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्स्क, मान्मारको यांगुन, उत्तर कोरियाको प्योङ्याङ्, भारतको वाराणसी र स्पेनको मेड्रिड सहरसँग भगिनी सम्बन्ध छ। थाइल्याण्डको बैंककसँग सम्बन्ध स्थापनाको प्रक्रिया अन्तिम चरणमा छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  भारत । उत्तर प्रदेश दुर्घटना इटियाथोकको बेलवा बहुता रेहरा पुलमा भएको थियो, जहाँ एसयूभी कार नहरमा पल्टिएको थियो। इटियाथोक प्रहरी चौकीका एसएचओ कृष्णराज राईले बीबीसी हिन्दीलाई बताएअनुसार एसयूभी कारमा चालकसहित १५ जना थिए। यी व्यक्तिहरू मोतीगञ्ज सिहागाउँबाट पृथ्वीनाथको जलाभिषेक गर्न जाँदै थिए। दुर्घटनाको जानकारी पाउने बित्तिकै जिल्लाका एसपी र डीएम लगायत अन्य अधिकारीहरू घटनास्थलमा […]

काठमाडौं । पक्राउ पर्नेमा ठमेलकै ओम्निया क्लबका सञ्चालक राजेन्द्र गुरुङ छन् । उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । १४ साउनमा ठमेलकै दोहोरी साँझमा गुण्डागर्दीमा संलग्न भनिएका सानुभाइ भनिने र युवराज गुरुङ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । सो क्रममा दुई पक्षका तीन जनालाई त्यतिबेलै प्रहरी […]

काठमाडौं । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुुबईको उडानबाट दुुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले  शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराएका थिए। यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमिनिस्तानका […]

error: Content is protected !!