२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके ट्राफिक इन्स्पेक्टर शाहको सेटिङ्गमा बसमा खसी तस्करी बाँके प्रहरीद्वारा पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

 

(महेन्द्र सिंह)

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको महातहतमा रहेको ट्राफिक प्रहरी चेक पोष्ट धनौली खजुराले १४ वटा बाख्रा सार्वजनिक यात्रु बोक्ने यातायात बसमा काठमाडौं लग्न लागिएको खसी बोका पैसा लिएर छोडे पछी बसमा यात्रा गर्ने एक पेसेन्जरले जिल्ला प्रहरी कार्यालय बाँकेलाई फोन गरेर भने पछी बाँके प्रहरीले भ्यान पठाएर धम्बोजी चोकमा बसलाई रोकेर कार्वाही गरेको छ ।

आईतबार राती बर्दियाबाट काठमाडौं लैजादै गरेको भे. १ ख. ८८१८ नम्बरको बसमा लोड गरिएको १४ वटा खसी बोका खजुरामा रहेको ट्राफिक प्रहरी पोष्टले चेकजाँच गरेर पनि बाँके ट्राफिक इन्स्पेक्टर हिमालय शाहको निर्देशनमा
छोडेको थियो ।

उक्त बसलाई धम्बोझी चोकमा चेकजाँच गर्दा पक्राउ गरेर नियम पुर्ब सम्पूर्ण कागजात नभएको हुँदा खसीलाई गाडीमा जिल्ला प्रहरी बाँके लगाएको थियो ।

सार्वजनिक सवारीसाधनमा त्यसरी पशुपन्छी लैजान नपाइने नियम भए पनि बाँके ट्राफिक प्रहरी इन्स्पेक्टर शाहको निर्देशनमा ट्राफिक चेकपोष्टले चेकजाँचको क्रममा उक्त खसी बाख्रा छोडेको नाम नबताउने सर्तमा एक प्रहरी जवानले बताए ।
यस्तै बसमा सवार एक खसी ब्यापारीले बाँकेका ट्राफिक प्रमुख इन्स्पेक्टर हिमालय शाहको मिलोमतोमा आफ्नो भर ट्राफिक इन्चार्जलाई पठाएर बाँके देखि बसमा सेट्ङ्गमा ट्राफिक प्रहरीले चेकजाँच नगर्ने बसमा खसी तस्करी गर्ने गरेको बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]