२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतमा बलिउडलाई दर्शकको अभाव

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९


ABC-Sanchar
काठमाडौँ । बलिउडले अर्को असफलताको सामना गरिरहेको छ । ‘सन्जु’ पश्चात हलमा आएका रनवीर कपूर अभिनीत फिल्म ‘शमशेरा’ फ्लप भएपछि बलिउडका आउँदो फिल्मलाई धक्का लागेको छ । निकै प्रचारप्रसारका साथ रिलिज गरिएको फिल्म भएता पनि त्यसको प्रभास ओपनिङ कलेक्सनमा पर्न सकेन । पहिलो विकेन्डमै फिल्म हेर्न दर्शक हलसम्म पुगेनन् ।

२० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरिएको फिल्मले ‘वर्ड अफ माउथ’ पनि राम्रो पाएन । करण मलहोत्राको निर्देशनमा तयार भएको फिल्म ‘शमशेरा‘ मा मनवीरसँगै वाणी कपुर र सञ्जय दत्तजस्ता ठूला स्टार हुँदा पनि बक्स अफिस चम्कन सकेन । १८ सय इस्वीको भारतलाई कथावस्तुमा बुनिएको छ । यो फिल्मलाई एक्सन, एडभेन्चर र ड्रामा जनरामा राखिएको छ ।

फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ । यसविरुद्ध मुख्य पात्रले विद्रोह गर्छ । फिल्ममा रनवीर शमशेरा र बल्ली नामक दुई चरित्रमा प्रस्तुत छन् । सुद सिंह अर्थात् खलपात्रको भूमिकामा सञ्जय दत्त छन् भने वाणी कपुर सोनाको रोलमा ।

‘शमशेरा’ को यो असफलता यशराज फिल्म्सको लागि पहिलो भने होइन । जयशभाइ जोरदार र सम्राट पृथ्वीराजपछि यशराज ब्यानरको लागि यो तेस्रो लगातारको असफलता हो । बलिउडलाई हेर्ने हो भने अट्याक: पार्ट वान, हिरोपन्ती २, रनवे ३४, जर्सी, धाकड, अनेक र जुगजुग जिओसम्म रिलिज भएका ठूला स्टारकास्टको फिल्म ‘फ्लप’ भएका छन्। कार्तिक आर्यनको ‘भुलभुलैया २’ बाहेक अन्य फिल्म हेर्न दर्शक हलसम्म पुगेका छैनन् ।

केही बलिउडका व्यापार विश्लेषक र समीक्षकले ओटीटीमा आउने वेब सिरिज र फिल्मको तुलनामा मल्टिस्टारर फिल्म कन्टेनमा कम्जोर हुनुको कारण र केही समय पश्चात फिल्म ओटीटीमा उपलब्ध हुनुको कारण दर्शक हलसम्म पुग्न छाडेको अनुमान गरेका छन् । किनकी पछिल्लो समय हलमा रिलिज भएको चार देखि आठ साता भित्र फिल्म ओटीटीमा उपलब्ध हुन् थालेको छ ।

कोरोना भाइरसको महामारी पश्चात दर्शक हलसम्म पुग्न कम जाँगर देखाई रहेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]