२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतमा बलिउडलाई दर्शकको अभाव

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९


ABC-Sanchar
काठमाडौँ । बलिउडले अर्को असफलताको सामना गरिरहेको छ । ‘सन्जु’ पश्चात हलमा आएका रनवीर कपूर अभिनीत फिल्म ‘शमशेरा’ फ्लप भएपछि बलिउडका आउँदो फिल्मलाई धक्का लागेको छ । निकै प्रचारप्रसारका साथ रिलिज गरिएको फिल्म भएता पनि त्यसको प्रभास ओपनिङ कलेक्सनमा पर्न सकेन । पहिलो विकेन्डमै फिल्म हेर्न दर्शक हलसम्म पुगेनन् ।

२० करोड भारुभन्दा बढीको ओपनिङ गर्ने अनुमान गरिएको फिल्मले ‘वर्ड अफ माउथ’ पनि राम्रो पाएन । करण मलहोत्राको निर्देशनमा तयार भएको फिल्म ‘शमशेरा‘ मा मनवीरसँगै वाणी कपुर र सञ्जय दत्तजस्ता ठूला स्टार हुँदा पनि बक्स अफिस चम्कन सकेन । १८ सय इस्वीको भारतलाई कथावस्तुमा बुनिएको छ । यो फिल्मलाई एक्सन, एडभेन्चर र ड्रामा जनरामा राखिएको छ ।

फिल्मले आदिवासीको स्वतन्त्रता र सम्मानका लागि संघर्ष गर्ने पात्रको कथा भन्छ । काजा नामक एक काल्पनिक सहरको शासक सुद सिंहले आदिवासी योद्धालाई समातेर यातना दिन्छ र कैदमा राख्छ । यसविरुद्ध मुख्य पात्रले विद्रोह गर्छ । फिल्ममा रनवीर शमशेरा र बल्ली नामक दुई चरित्रमा प्रस्तुत छन् । सुद सिंह अर्थात् खलपात्रको भूमिकामा सञ्जय दत्त छन् भने वाणी कपुर सोनाको रोलमा ।

‘शमशेरा’ को यो असफलता यशराज फिल्म्सको लागि पहिलो भने होइन । जयशभाइ जोरदार र सम्राट पृथ्वीराजपछि यशराज ब्यानरको लागि यो तेस्रो लगातारको असफलता हो । बलिउडलाई हेर्ने हो भने अट्याक: पार्ट वान, हिरोपन्ती २, रनवे ३४, जर्सी, धाकड, अनेक र जुगजुग जिओसम्म रिलिज भएका ठूला स्टारकास्टको फिल्म ‘फ्लप’ भएका छन्। कार्तिक आर्यनको ‘भुलभुलैया २’ बाहेक अन्य फिल्म हेर्न दर्शक हलसम्म पुगेका छैनन् ।

केही बलिउडका व्यापार विश्लेषक र समीक्षकले ओटीटीमा आउने वेब सिरिज र फिल्मको तुलनामा मल्टिस्टारर फिल्म कन्टेनमा कम्जोर हुनुको कारण र केही समय पश्चात फिल्म ओटीटीमा उपलब्ध हुनुको कारण दर्शक हलसम्म पुग्न छाडेको अनुमान गरेका छन् । किनकी पछिल्लो समय हलमा रिलिज भएको चार देखि आठ साता भित्र फिल्म ओटीटीमा उपलब्ध हुन् थालेको छ ।

कोरोना भाइरसको महामारी पश्चात दर्शक हलसम्म पुग्न कम जाँगर देखाई रहेका छन् ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!