२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

युवतीको नग्न तस्बिर खिचेर ब्लाकमेलिङ जबर्जस्ती करणी गर्ने २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । व्यक्तिगत तस्बिर सार्वजनिक गरिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा रुपन्देहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबरजस्ती गर्न खोजेको अभियोगमा गैडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

युवतीको नग्न तस्बिर खिचेर सोही फोटो भाइरल बनाइदिने धम्की दिँदै जबरजस्ती गर्न खोजेको पीडित युवतीको उजुरीको आधारमा आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । किशोरले नक्कली फेसबुक आईडी बनाई विगत २ सातादेखि म्यासेज पठाई निजी तस्बिर सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ भेट्न बोलाई उनले युवतीलाई जबरजस्ती गर्ने प्रयास गरेका थिए । ती किशोरको साथबाट युवतीको तस्बिर भएको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]