२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

युवतीको नग्न तस्बिर खिचेर ब्लाकमेलिङ जबर्जस्ती करणी गर्ने २ जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन ०९, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । व्यक्तिगत तस्बिर सार्वजनिक गरिदिने धम्की दिई जबर्जस्ती करणी गर्ने प्रयास गरेको अभियोगमा रुपन्देहीबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीको सालझण्डीमा युवतीको नग्न फोटो खिचेर ब्लाकमेलिङ गर्दै जबरजस्ती गर्न खोजेको अभियोगमा गैडहवा गाउँपालिका–९ का २१ वर्षीय जगन्नाथ मल्लाह र १७ वर्षीय किशोर पक्राउ परेका छन् ।

युवतीको नग्न तस्बिर खिचेर सोही फोटो भाइरल बनाइदिने धम्की दिँदै जबरजस्ती गर्न खोजेको पीडित युवतीको उजुरीको आधारमा आइतबार सैनामैना नगरपालिका–७ देउवापारबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । किशोरले नक्कली फेसबुक आईडी बनाई विगत २ सातादेखि म्यासेज पठाई निजी तस्बिर सार्वजनिक गर्छु भन्दै ब्ल्याकमेल गरेको प्रहरीले जनाएको छ ।

शनिबार साँझ भेट्न बोलाई उनले युवतीलाई जबरजस्ती गर्ने प्रयास गरेका थिए । ती किशोरको साथबाट युवतीको तस्बिर भएको मोबाइलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध जबर्जस्ती करणीसम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!