२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

राष्ट्रिय अनलाईन पत्रकार संघले मनायो सातौ बाषिकोत्सव पुर्व अर्थमन्त्री महतद्वारा उद्घाटन

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


(सागर थापा)
काठमाडौँ । राष्ट्रिय अनलाईन पत्रकार संघ नोजाले आफनो स्थापनाको सातौ बाषिक उत्सव मनाएको छ । सोमबार राजधनीमा आयोजित कार्यक्रम पुर्वअर्थमन्त्री रामशरण मतले नोजाको बार्षिक उत्सवको उद्घाटन गदै पछिल्लो समय मिडियाको बिकासमा अनलाईन पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताए । उनले अनलाइन पत्रकारीत फस्टाएसँग अहिले आम जनताले तुरुन्त सूचना पाउन सकको बताए।

कार्यक्रममा राष्ट्रिय अनलाईन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व भएको कार्यक्रममा पूर्व राज्य मन्त्री पशुराम गुरुङ, निटका अध्यक्ष दिपक महत टानका उपाध्यक्ष नबिन त्रिताल, ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष भाबेश्वर शर्मा लगायतले नोजाको सातौ बाषिकोत्सवमा सफलताको शुभकामना ब्यक्त गरेका थिए भने पत्रकार तथा विशिष्ट व्यक्तिहरुको उपस्थती रहेको थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)का अध्यक्ष मुकुन्द ढुंगानाले २५० भन्दा बढी अनलाईन पत्रकारहरु नोजामा आवद्ध भएको जानकारी दिए ।

पर्यटन एक्सिलेंसी अवार्ड टानका बरिष्ठ उपाध्यक्ष नविन त्रिताललाई

यस बर्षको पर्यटन एक्सिलेंसी अवार्ड टानका बरिष्ठ उपाध्यक्ष नविन त्रिताललाई प्रदान गरिएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले पर्यटन एक्सिलेंसी अवार्ड पर्यटन ब्यबसायी त्रितालले प्राप्त गर्नुभएको हो ।

सोसियल अवार्ड मंजु खाड ठकुरीलाई

यस बर्षको सोसियल अवार्ड मंजु खाड ठकुरीलाई प्रदान गरिएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सोसियल अवार्ड समाजसेवी मंजु खाड ठकुरीले प्राप्त गर्नुभएको हो
महिला उद्यमी अवार्ड मन्जु सिंहलाई

यस बर्षको महिला उद्यमी अवार्ड मन्जु सिंहलाई प्रदान गरिएको छ । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले महिला उद्यमी अवार्ड ब्यबसायी मन्जु सिंहले प्राप्त गर्नुभएको हो ।

अनलाइन पत्रकारिता पुरस्कार पत्रकार दिल माया तामाङलाई

यस्तै यस बर्षको राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कारबाट पत्रकार दिल माया तामाङ पुरस्कृत भएकी छन् । राष्ट्रिय अनलाइन पत्रकार संघको सातौ बार्षिकोत्सवको अबसरमा पूर्व अर्थमन्त्री डा. रामशरण महतले उक्त पुरस्कार वितरण गरे । हरेक बर्ष जया मेमोरियल फाउन्डेसनको सहयोगमा नोजा पत्रकारिता पुरस्कार एकजना पत्रकारलाई वितरण गरिने उक्त पुरस्कारको राशी ११ हजार १ सय ११ रुपैयाँ छ ।

सोही अवसरमा ठमेल पर्यटन बिकास परिषदका नबनिर्बाचीत पदापधिकारीलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा पत्रकार,अतिथि र विशिष्ट व्यक्तित्वहरुलाई नोजा डायरी र मायाको चिनो सस्थाले प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । जिल्ला प्रहरी कार्यालय चितवन मातहतको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी इन्स्पेक्टर प्रदीप महतविरुद्ध एक महिलाले माघ २३ गते जाहेरी दिएकी हुन् । महत हाल हिरासतमा रहेको जिप्रका चितवन स्रोतले बतायो । आफ्नो पदको दबाब र प्रभावमा पारेर पटक-पटक यौन शोषण गरेको आरोप उनीमाथि छ । ३७ वर्षकी ती महिलाले जाहेरीमा गत असोज […]

काठमाडौं । बैंकको चेक अनादर (बाउन्स) मा हुने जेल र जरिवानाको कठोर सजाय हटाएर विनिमेय अधिकार पत्र ऐन, २०३४ मा गरिएको संशोधन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । योसँगै चेक अनादर मुद्दामा गरिएको खुकुलो सजायको प्रावधानमा अंकुश लागेको छ । प्रधानन्यायाधीश प्रकाशनसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिकृष्ण फुयाल […]

काठमाडौं । पर्साको आदर्श नगरमा‘ट्रान्सपोर्ट व्यवसायको नाममा वर्षौँदेखि मौलाउँदै आएको अवैध तस्करी विरुद्ध सशस्त्र प्रहरीले गरेको कारबाही केवल एउटा छापा मात्र थिएन, त्यो राज्यको उपस्थितिको अनुभूति थियो। जोखिम, अभाव र सीमित स्रोतका बाबजुद पनि अवैध धन्दामाथि प्रहार गर्नु सशस्त्र प्रहरीको पेशागत साहस, प्रतिबद्धता र कर्तव्यनिष्ठताको प्रमाण हो। यस अर्थमा सशस्त्र प्रहरी धन्यवादको पात्र छ। तर […]

error: Content is protected !!