०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

जिल्ला प्रहरी रुपन्देहीका घुुमुुवा इन्चार्ज सइ विजय शाहीको भैरहवामा तस्करीसंग असुली गर्दै ?

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


ABC (क्राईमबिट)
भैरहवा । अपराध तथा चोरी तस्किरीको पूर्वसूचना लिएर नियन्त्रण गर्न सहयोग पुुगोस् भन्ने हेतुुले नेपाल प्रहरीमा सादा पोशाकमा प्रहरी खटाउने प्रचलन छ । तर, त्यसरी खटिने प्रहरीले सूचना लिनुुको सट्टा उल्टै तस्करसँग मिलेर सेटिङ गर्ने र तस्करी गराउने गरेर पटक–पटक विवादमा तानिदै आएका छन् । र पनि प्रहरीले उक्त घुमुुवा हटाउन सकेको छैन । किनभने त्यस्ता कतिपय घुुमुुवाहरु जिल्लामा आउने हाकिमलाई सुुरुमै आर्थिक प्रलोभनमा पारी आफूहरुविरुद्ध बोल्न नसक्ने गराउँछन् ।

कमाउने उद्देश्यले आएका हाकिमलाई यस्ता घुुमुुवा पाएपछि हाइसन्चो नै हुने भयो । त्यस्तै एक जना घुुमुुवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पनि छन् । बढुवासँगै सरुवा भएका प्रहरी सहायक निरीक्षक विजय शाहीको दरबन्दी जुम्लामा छ । तर, उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका घुुमुुवा इन्चार्ज हुन् ।

सामान्य प्रहरीको सरुवा हुुनासाथ तुुरुन्तै रमना गरेर दरबन्दी भएको स्थानमा पठाइन्छ । भनसुन गर्न सक्नेहरु काज मिलाएर त्यही बस्छन् । तर उच्च तहको आड भरोसा पाएकाहरुको न त सरुवा भएको स्थानमा जानुपर्छ न त काजनै मिलाउनुु पर्छ । त्यहीमध्ये एक यिनै विजय शाही पनि हुुन् ।

जो चार महिनादेखि काजसमेत नबनाइ रुपन्देहीमै बसेर तस्करीको सेटिङ मिलाउँदै आएका छन् । आफ्नो कर्तुतबारे संगठनभित्र आवाज उठाए उल्टै उसैविरुद्ध समाचार लेखाउने काममा पनि यिनी अगाडि छन् । अहिले उनको मुख्य काम भनेको आफ्नो सिकायत गर्ने प्रहरी अधिकारीविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार लेखाउने र सेटिङ मिलाएर तस्करी गराउने हो । खुलेआम तस्करीले रुपन्देही प्रहरी विवादमा तानिदै गएको छ ।
भन्सारले भ्रष्ट प्रहरीका कारण तस्करी नियन्त्रण हुन नसकेको र लक्ष्यअनुसार राजश्व संकलनसमेत हुुन नसकेको गुनासो गर्दै आएको छ । प्रहरीको असहयोगका कारण अहिले भन्सार आफैँले रातिमा गस्ती बढाएको छ । एक हप्तामा मात्रै करिब ५० लाखभन्दा बढीको कपडामात्र बरामद गरेको छ । तर, सबैतिरबाट गुनासो बढ्दै जाँदासमेत प्रहरीले दरबन्दी हुम्ला भएका सइको कमाण्डमा असुुली गर्न छाडेको छैन । तस्करी बढ्दै जाँदा आगामी निर्वाचनमा गृमन्त्रीलाई समेत असर पर्ने भन्दै कांग्रेस कार्यकर्ताहरुले जिल्लामा चिन्तासमेत गर्न थालेका छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । कैलाली जिल्ला कारागारमा रहस्यमय मृत्यु भएका डडेल्धुरा भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिसिंह पालीको घटना छानबिन गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली धनगढीमा खटिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा एक टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । उक्त टोलीमा एसपी, डिएसपी, इन्स्पेक्टर तथा सीआईबीका अधिकारीहरू छन् […]

दाङ । घोराही जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले बिभिन्न सवारी साधनहरु तीब्र गती तथा स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनुका साथै समाजमा सडक प्रयोगकर्ताहरु असुरक्षित भएकोले उक्त किसिमका कार्य तथा सवारी दुर्घटना न्यूनिकरणको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बमको उपस्थितीमा घोराही क्षेत्रका बिभिन्न सवारी साधनहरुका वर्कशप तथा सो-रुमका सँचालकहरुको […]

दाङ । गढवा गाउँपालिका वडा नं. १ मलमलामा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सञ्चालन गरिने योजना तथा कार्यक्रमहरूको संकलन तथा छनोटका लागि अन्तरक्रिया कार्यक्रम तथा वडा भेला सम्पन्न भएको छ। गढवा गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बाबुराम अधिकारीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख अतिथि तथा गाउँपालिका उपाध्यक्ष शारदाकुमारी चौधरीको […]

error: Content is protected !!