२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

जिल्ला प्रहरी रुपन्देहीका घुुमुुवा इन्चार्ज सइ विजय शाहीको भैरहवामा तस्करीसंग असुली गर्दै ?

Logo
प्रकाशित मंगलबार, साउन १०, २०७९


ABC (क्राईमबिट)
भैरहवा । अपराध तथा चोरी तस्किरीको पूर्वसूचना लिएर नियन्त्रण गर्न सहयोग पुुगोस् भन्ने हेतुुले नेपाल प्रहरीमा सादा पोशाकमा प्रहरी खटाउने प्रचलन छ । तर, त्यसरी खटिने प्रहरीले सूचना लिनुुको सट्टा उल्टै तस्करसँग मिलेर सेटिङ गर्ने र तस्करी गराउने गरेर पटक–पटक विवादमा तानिदै आएका छन् । र पनि प्रहरीले उक्त घुमुुवा हटाउन सकेको छैन । किनभने त्यस्ता कतिपय घुुमुुवाहरु जिल्लामा आउने हाकिमलाई सुुरुमै आर्थिक प्रलोभनमा पारी आफूहरुविरुद्ध बोल्न नसक्ने गराउँछन् ।

कमाउने उद्देश्यले आएका हाकिमलाई यस्ता घुुमुुवा पाएपछि हाइसन्चो नै हुने भयो । त्यस्तै एक जना घुुमुुवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पनि छन् । बढुवासँगै सरुवा भएका प्रहरी सहायक निरीक्षक विजय शाहीको दरबन्दी जुम्लामा छ । तर, उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका घुुमुुवा इन्चार्ज हुन् ।

सामान्य प्रहरीको सरुवा हुुनासाथ तुुरुन्तै रमना गरेर दरबन्दी भएको स्थानमा पठाइन्छ । भनसुन गर्न सक्नेहरु काज मिलाएर त्यही बस्छन् । तर उच्च तहको आड भरोसा पाएकाहरुको न त सरुवा भएको स्थानमा जानुपर्छ न त काजनै मिलाउनुु पर्छ । त्यहीमध्ये एक यिनै विजय शाही पनि हुुन् ।

जो चार महिनादेखि काजसमेत नबनाइ रुपन्देहीमै बसेर तस्करीको सेटिङ मिलाउँदै आएका छन् । आफ्नो कर्तुतबारे संगठनभित्र आवाज उठाए उल्टै उसैविरुद्ध समाचार लेखाउने काममा पनि यिनी अगाडि छन् । अहिले उनको मुख्य काम भनेको आफ्नो सिकायत गर्ने प्रहरी अधिकारीविरुद्ध विभिन्न सञ्चारमाध्यममा समाचार लेखाउने र सेटिङ मिलाएर तस्करी गराउने हो । खुलेआम तस्करीले रुपन्देही प्रहरी विवादमा तानिदै गएको छ ।
भन्सारले भ्रष्ट प्रहरीका कारण तस्करी नियन्त्रण हुन नसकेको र लक्ष्यअनुसार राजश्व संकलनसमेत हुुन नसकेको गुनासो गर्दै आएको छ । प्रहरीको असहयोगका कारण अहिले भन्सार आफैँले रातिमा गस्ती बढाएको छ । एक हप्तामा मात्रै करिब ५० लाखभन्दा बढीको कपडामात्र बरामद गरेको छ । तर, सबैतिरबाट गुनासो बढ्दै जाँदासमेत प्रहरीले दरबन्दी हुम्ला भएका सइको कमाण्डमा असुुली गर्न छाडेको छैन । तस्करी बढ्दै जाँदा आगामी निर्वाचनमा गृमन्त्रीलाई समेत असर पर्ने भन्दै कांग्रेस कार्यकर्ताहरुले जिल्लामा चिन्तासमेत गर्न थालेका छन् ।दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]