२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

प्रहरी जवानको नजरमा नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंह कस्तो मान्छे हुन ?

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९


ABC (क्राईमबिट)
काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक आईजीपीमा धिरजप्रताप सिंहले जिम्मेवारी सम्हालिरहेका छन् । सेवा प्रवेशदेखि नै व्यवसायिक, कर्तव्यनिष्ठ, परिणाममुखी र अब्बल प्रहरी अधिकारीका रुपमा परिचित सिंहको काँधमा सिंगो नेपाल प्रहरीको नेतृत्व आइरहदा शान्ति सुरक्षा, अपराध अनुसन्धान, न्याय र सुशासनका पक्षमा आम विश्वास देखिएको छ।
बाहिरी अपेक्षाकाबीच आईजीपी सिंहलाई प्रहरी संगठनकै तल्लो दर्जाका प्रहरीले भने कसरी हेरेका छन् ? प्रहरी जवानका नजरमा आईजीपी सिंहको नेतृत्व, कार्यशैली र अपेक्षा बुझ्ने प्रयास गरेको छ ।
भवानी प्रसाद भट्ट : प्रहरी हवल्दार

उहाँको व्यक्तिगत छवी, काम गर्ने तरिका र हामीजस्ता सबै न्यून दर्जाका कर्मचारीका सन्दर्भमा गर्ने व्यवहार मलाई एकदमै मनपर्छ । एकजना व्यक्तिका सन्दर्भमा नसोचेर सबैको भलाईका विषयमा काम गर्नुहुन्छ । उहाँको उच्च व्यवहारबाट प्रभावित छु ।

उहाँ आइसकेपछि सङ्गठनका विषयमा धेरै राम्रा योजनाहरु ल्याउनुभएको भन्ने सुनेको छु । पढ्नचाँहि पाएको छैन । मैले सातवर्ष अघिदेखि चिनेको कारण उहाँले गर्ने कामहरु एकदमै राम्रो हुनेछ भन्ने विश्वास लिएको छु ।

वेदबहादुर राय : प्रहरी सहायक हवल्दार

भर्खरै उहाँले संगठनको नेतृत्व सम्हाल्नुभएको हो । सङ्गठन प्रमुखका रुपमा उहाँले आगामी वर्षहरुमा चाल्ने कदम र आगामी कामको सन्दर्भमा त म केहि भन्न सक्तिन । तर, अहिले उहाँले गरिरहनुभएको कामका आधारमा निडर, साहसी, निष्पक्ष स्वभाव र सङ्गठनको अभिभावकत्व निभाउन सक्ने व्यक्तित्वको रुपमा देखा पर्नुभएको छ । उहाँले चाल्नुभएको कदमहरुले हामी गौरवान्वित छौं ।

हामीजस्ता निम्न दर्जाका कर्मचारीको सबैको प्रायः एउटै कुरा हुन्छ । पेन्सनको अवधि १६ वर्षमा झरिदिए हुन्थ्यो भन्ने हामीलाई लाग्छ । अहिले सहायक हवल्दार भन्ने एउटा पद थपिएको छ । यसमा कतिपय कर्मचारीहरु १६-१७ वर्ष जागिर गर्दा पनि यही पोष्टमा काम गरिरहनुपरेको अवस्था छ । उहाँहरुलाई पनि छिटो बढुवा गरेर हवल्दार हुने व्यवस्था गरिदिए राम्रो हुन्थ्यो जस्तो लाग्छ । पहिलेभन्दा केही सुधार भएकोचाँहि पक्कै छ । अझैँ सुधार भए झनै राम्रो हुने थियो जस्तो लाग्छ ।

अहिले न्यून दर्जाका कर्मचारी संयुक्त राष्ट्रसंघको मिसनमा जाने कुरा छैन । त्यसको बारेमा उहाँले कुरा उठान गर्नुभएको सुनेको छु । त्यसले हामी जस्ता न्यून दर्जाका कर्मचारीको वृत्तिविकास राम्रो हुनेछ ।

कल्याणकारी कोषमार्फत् अहिले एकजनाले चार लाख रुपैयाँ पाउने व्यवस्था भएको छ । यो क्रमिक रुपमा बढ्दै जाने कुरा हो । यसलाई अझै बढाएर ७–८ लाखसम्म ऋण निकाल्न सक्ने व्यवस्था हुनुपर्छ जस्तो लाग्छ ।

सङ्गठन प्रमुखले जनताका कुराका साथै हामी जस्ता न्यून दर्जाका कर्मचारीको कुरा पनि सुनिदिने वातावरण सिर्जना भयो भने कामको राम्रो वातावरण बन्छ । फिल्डमा खटिएका न्यून दर्जाका कर्मचारीलाई जनताका गुनासाहरु बढी थाहा हुने भएकाले यस्तो हुनुपर्छ ।

कहिलेकाँहि पहुँचका आधारमा डिउटीमा भएको कुरा भन्दा फरकखालको कुरा माथि पुगिरहेको हुन्छ । एकदमै सानो कुरा पनि माथि ठूलो कुराको रुपमा पुगिरहेको हुन्छ । जसले डिउटीमा रहेको प्रहरी कर्मचारीलाई हतोत्साहित गरिरहेको हुन्छ । अहिलेको आईजी’साबबाट भने अहिलेसम्म यस्तो भएको छैन । सत्य कुरा माथि पुग्यो भने डिउटीमा रहेको प्रहरी कर्मचारीले सँधै नियमका आधारमा काम गर्न पाउनेछन् भन्ने लाग्छ ।

देविलाल कैला : प्रहरी सहायक हवल्दार

अहिलेसम्म हामीले देखेअनुसार उहाँको काम गर्ने शैली राम्रो लागेको छ । उहाँले न्यून दर्जाका कर्मचारीका हितका सन्दर्भमा केही नयाँ कदम चाल्नुभएको छ । यसले हामीलाई खुशी प्रदान गरेको छ । यसका अतिरिक्त उहाँले समग्र सङ्गठनलाई नै बलियो बनाउन जुन भूमिका निभाउनुभएको छ, त्यसको प्रशंसा गर्नुपर्छ ।

उहाँ सङ्गठन प्रमुखका रुपमा भर्खरै आउनुभएकोले उहाँको समग्र कामको मूल्याङ्कन अहिले नै गर्न त सकिँदैन । तैपनि सुरुवाती चरणमा उहाँले संगठनलाई जसरी अघि बढाउने सोच बनाउनुभएको छ त्यसले राम्रो गर्ला भन्ने आशा जागेको छ । मिडियामार्फत् बाहिर आएको उहाँका कुराहरु सुन्दा त्यसले सकारात्मक दिशामा सङ्गठन अघि बढ्न लागेको आभास भएको छ ।

उहाँको सन्दर्भमा सञ्चार माध्यममा कुनै नकारात्मक कुराहरु आएका छैनन् । यसले सङ्गठनले निष्पक्ष मान्छे पाएको अनुभव भएको छ ।

न्यून दार्जाको कर्मचारीले सरुवा भएर जाँदा थोरै भए पनि घरपायक भयो भने राम्रो हुनेथियो भन्ने सोचिरहेका हुन्छन् । यसलाई पनि उहाँले मध्यनजर गरिदिनुहुन्छ भन्ने लागेको छ । यसैगरी उहाँले हाम्रो जागिरको अवधि १६ वर्षको मात्र बनाइदिनु हुन्छ कि भन्ने आशा लागेको छ ।

ओमप्रकाश धमला : प्रहरी जवान

उहाँको नेतृत्व क्षमता राम्रो लागेको छ । कार्यशैलीका हिसाबमा पनि उहाँ ठिक हुनुहुन्छ जस्तो लागेको छ । सरुवा बढुवाका कुरामा पनि उहाँले नेतृत्व सम्हालेसँगै राम्रो काम गर्नुभयो । विस्तारै उहाँका कामहरु देखिँदै आएको छ । भविष्यमा पनि उहाँले राम्रो काम गर्नुहुन्छ भन्ने आशा लिएको छु ।

अहिले उहाँले तल्लो तहका कर्मचारीको १६ वर्षमा पेन्सन गराउने जुन कुरा उठाइरहनुभएको छ त्यसको कार्यान्वयन उहाँकै कार्यकालभित्र भइदिए हुन्थ्यो भन्ने लागेको छ । उहाँले हरेक सन्दर्भमा निडर र साहसी निष्पक्ष भएर काम गर्नुहुन्छ भन्ने अपेक्षा गरेको छु । सरुवा बढुवाका कुरामा पनि उहाँले जसरी चासो लिनुभयो त्यसले सङ्गठनमा उत्साह आएको देखेको छु । यसले सङ्गठन बलियो र तन्दुरुस्त भएको अनुभव भएको छ ।

उहाँले अहिलेसम्म निष्पक्ष भएर सबैलाई समान व्यवहार गर्नुभएकोले उहाँले अभिभावकीय भूमिका निभाउनुभएको पाएको छु । उहाँको कार्यकाल पनि भर्खरै सुरु भएकोले उहाँबाट सँधै यस्तै व्यवहार भइरहोस् भन्ने लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!