२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया प्रहरीको ठुलो लापरबाही प्रहरी हिरासतबाट बलात्कार आरोपी फरार कसरी ?

Logo
प्रकाशित बुधबार, साउन ११, २०७९


ABC (क्राईमबिट)
बर्दिया । ईलाका प्रहरी कार्यालय मोतिपुर, बर्दियाको हिरासत कक्षबाटै बलात्कार आरोपमा पक्राउ परेका एक जना थुनुवा फरार भएका छन ।

ईलाका प्रहरी कार्यालय मोतिपुरबाट फरार बलात्कार आरोपीलाई बर्दिया प्रहरीले व्यापक रुपमा खोजतलास गरिरहेको छ ।

बाँसगढी नगरपालिकाकी एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा बाँके जिल्ला, खजुरा गाउँपालिका घर भएका अब्दुल खाँलाई गत असार २३ गते बाँके जिल्लाबाटै प्रहरीले पक्राउ गरेको थियो ।

अब्दुल खाँलाई ईलाका प्रहरी कार्यालय मोतिपुरमा राखेर अनुसन्धान कार्य चलिरहेको थियो ।

खाँलाई १० गते मंगलबार जिल्ला अदालत बर्दियामा पुनः म्याद थप गर्नको लागि समय तोकिएको थियो ।

तर उनी एक दिन पहिल्यै ९ गते (सोमबार) बिहान १०ः५५ बजेतिर खाना खाएर प्रहरी कार्यालयबाट फरार भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुबेदीले जानकारी दिनुभयो ।

उहाँले सबै ठाँउमा ब्यक्तिको हुलिया पठाएर खोजी कार्य जारी राखेको बताउनुभयो ।

हिरासत कक्षबाट थुनुवा भागेपछि बर्दिया प्रहरीले आन्तरिक छानबिन थालेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!