११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

साढे २ करोड बीमाको पैसा पाउने लोभले युवकको हत्या गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । बीमाको पैसा लिनका लागि एक युवकको हत्या भएको खुलेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले आज शुक्रबार पत्रकार सम्मेलन गरी बाँकेको कोहलपुर बस्ने २१ वर्षीय सर्जन बिकको हत्या र हत्यापश्चात् २ करोड ५० लाख रुपैयाँको बीमा असुल गरिए पछि बीमाको पैसा लिनका लागि हत्या गरिएको रहस्य खुलाएको हो ।

प्रहरीले बिकको हत्या र हत्यापश्चात् बीमा रकम असुल गरिएको घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके कोहलपुर–२ का २१ वर्षीय सपना मल्ल, स्याङ्जा वालिङ–६ घर भई हाल बाँकेको कोहलपुर–११ बस्ने ३१ वर्षीय सञ्जीव अर्याल, कोहलपुर–१५ का ३२ वर्षीय सरदार अहमद खाँ, बाँकेकै बैजनाथ गाउँपालिका–८ बस्ने ३३ वर्षीय टोपबहादुर राना क्षेत्री, दीपक केसी र ललिता सापकोटा रहेका छन् ।

अनुसन्धान ब्यूरोले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो ।

प्रहरीले उनीहरु विरूद्ध सङ्गठित अपराध र ठगीमा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा सिदिकीले उठाएको मुद्दा एकदमै सान्दर्भिक छ। युट्युब, टिकटक, फेसबुक रिल्स बनाएर “भ्यूस” बटुली घर चलाउने हजारौं युवा/महिला छन् नेपालमा। उनीहरूलाई “भिखारी”,समाज बिगार्ने” भनेर गाली गर्ने, दुर्व्यवहार गर्ने सोच साँच्चै अपराधी सोच हो। डिजिटल दुर्व्यवहार बढ्दो छ कमेन्टमा गाली, थ्रेट, डक्सिङ, महिलालाई चरित्र हत्या गर्ने प्रवृत्ति धेरै छ। यो “अभिव्यक्ति” […]

  अर्घाखाँची । गाउँमै बसेर आफ्नो वडाको विकास योजना छान्ने यो अभ्यास एकदमै राम्रो हो। “जनताको सरकार,जनताको योजना भनेको यस्तै हो। तल्लो तहबाटै योजना टोल-टोलमा गएर किसान, आमा समूह, युवा, दलित सबैको राय लिन्छन्। सडक चाहिन्छ कि खानेपानी, कृषि मल डिपो चाहिन्छ कि स्वास्थ्यचौकी – जनता आफैले भन्छन्। पारदर्शिता वडामा कति बजेट आयो, त्यो कहाँ […]

कर्णाली प्रदेश । सुर्खेत हाम्रो समाज कता जाँदै छ त? ३ वटा संकेत देखिन्छन् दाइ/दिदी, माफी पाउँ” भनेर सकिने कुरा अहिले क्यामरा अगाडि, सामाजिक सञ्जालमा ल्याएर इगोको युद्ध हुन्छ। समन्वय र सद्भावको ठाउँमा “मैले जित्नुपर्छ” भन्ने भावना आयो। अहिले “जे पनि गरेर भाइरल हुनुपर्छ” भन्ने परिपाटी आयो। क्यामरामेन-महिला झगडा पनि भोलि रिल बन्छ। गम्भीर कुरा […]

error: Content is protected !!