२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बौद्धमा दृष्टिविहीनहरू माथि दुर्व्यवहार, समितिका सुरक्षागार्डले लठ्ठी खोस्दै गरे हातपात

Logo
प्रकाशित शुक्रबार, साउन १३, २०७९


(ABC-Sanchar)
काठमाडौं । बौद्ध स्तुप क्षेत्रमा बिहीबार बिहान दृष्टिविहीनहरूमाथि दुर्व्यवहार गर्दै बौद्ध विकास समितिका सुरक्षाकर्मी र प्रहरीले बौद्ध स्तुप परिसर छिर्न खोजेका दृष्टिविहीनहरूमाथि बिहीबार त्यहाँका सुरक्षाकर्मीले दुर्व्यवहार गरेका छन्।

केही दृष्टिविहीनको समूह बिहीबार बिहान मुख्य प्रवेशद्वारबाट पस्न खोजेपछि बौद्ध विकास समितिका सुरक्षाकर्मीले बाटो छेकेर दुर्व्यवहार गरेका हुन्।

विकास समिति सुरक्षागार्डको पोसाक लगाएका पाँच-छ जना सुरक्षाकर्मीले दृष्टिविहीनको लठ्ठी खोस्नुका साथै उनीहरूलाई धकेलेर दुर्व्यवहार गरेका थिए। केही प्रहरी पनि त्यहाँ उपस्थित थिए।

यो दुर्व्यवहारको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि आलोचना भइरहेको छ। भिडिओमा बौद्ध विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूको बाटो छेकेको र जबर्जस्ती लठ्ठी खोसेको, धकेलेको देख्न सकिन्छ।

हामीले यसबारे बौद्धका प्रहरी निरीक्षक विशाल तामाङसँग कुरा गर्दा उनले दृष्टिविहीनहरू बौद्ध क्षेत्रमा पस्न खोजेपछि सुरक्षाकर्मीहरूले रोकेको र त्यही क्रममा यो घटना भएको जानकारी दिए।

घटनास्थलमा बौद्ध विकास समितिका सुरक्षाकर्मीसँगै केही प्रहरीको उपस्थिति थियो। धकेलाधकेलपछि त्यहाँ खटिएका प्रहरीले थप जनशक्ति बोलाएका थिए। समितिका सुरक्षाकर्मीले दृष्टिविहीनका तीनवटा लठ्ठीसमेत भाँचेको उनले बताए।

हामीले दुवै पक्षलाई राखेर छलफल गराएका थियौं,’ प्रहरी निरीक्षक तामाङले भने, ‘पछि सुरक्षाकर्मी र विकास समितिका कर्मचारीले दृष्टिविहीनहरूसँग माफी मागे।’

समितिले दृष्टिविहीनहरूलाई तीन-तीनवटा लठ्ठी र चस्मा किनिदिएको उनले जानकारी दिए।

धार्मिक सम्पदा क्षेत्र भन्दै बौद्ध परिसरमा भिख माग्न, गीत गाउन निषेध गरिएको छ। ती दृष्टिविहीनहरू गीत गाउँदै माग्न आएको भन्दै प्रवेशद्वारमै रोक्न खोजिएको थियो। रोक्ने नाममा उनीहरूको लठ्ठी खोस्ने र हात हाल्नेसम्म घटना भयो।

सम्पदा क्षेत्रमा गीत गाउन, होहल्ला गर्न नपाइने नियम सबैतिर र सबैका लागि बराबरी लागू छैन।

हनुमानढोका दरबार क्षेत्रमा सेनाकै ठूल्ठूला गाडी ओहोरदोहोर गरिरहेका हुन्छन्। साँझ-बिहान अरू सवारी पनि निर्वाध आउजाउ गर्छन्। गीत-संगीतले भन्दा त्यस्ता गाडीको आवाजले सम्पदा क्षेत्रलाई बिथोलेको छ। सम्पदा क्षेत्रमै विभिन्न सार्वजनिक समारोहदेखि सांगीतिक कन्सर्टसम्म भएका प्रशस्तै उदाहरण छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]