
ABC (क्राईमबिट)
काठमाडौं । धिरज प्रताप सिंह प्रहरी महानिरीक्षकमा नियुक्त हुनुअघि प्रहरीको मनोबल निकै खस्किएको थियो । प्रहरीका वर्षै देखि रिक्त रहेका सयौं पद जुन पूर्ति हुन सकिरहेका थिएनन् । साथै अपराध अनुसन्धानमा संलग्न हुनुपर्ने प्रहरी अधिकारीहरु स्वयं नै अपराधमा मुछिएर धमाधम कारबाही भोग्दै थिए । प्रहरी प्रमुखको जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो । यस्तो विषम परिस्थितिमा करिब ७५ हजार प्रहरीको कमान्ड सम्हाल्न पुगेका आईजीपी सिंह अगि चुनौती र अवसर दुवै थिए ।
एकातिर संगठन सुधार गर्नुपर्ने र सरकारले लिएकाे समृद्ध नेपाल, सुखी नेपालीई को नारालाई साकार पार्न शान्ति, सुरक्षा कायम गर्नु र अपराध नियन्त्रण गर्नुपर्ने पहिलो सर्त हुने थियो । उनले दुवै काम एकसाथ सुरु गरे । जसअनुसार शान्ति, सुरक्षा अमनचयन कायम गर्न प्रहरीको मनोबल उकास्नुपर्ने थियो भने प्रहरीमा गाँजिँदै गएको भ्रष्ट्राचारलाई शून्यमा झार्नु थियो।
आज सनिवार धिरज प्रताप सिंह आईजीपी भएको ९० दिन पूरा भयो ।
सीमित स्रोतसाधन र जनशक्तिका बाबजुद सुरक्षा निकायले शान्तिपूर्ण र विवादरहित रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गराएका छन् । तुलनात्मक रुपमा यो वर्षको निर्वाचनमा हिंसात्मक घटना न्यून भएको र प्रहरीको भूमिका पनि प्रभावकारी देखिएको थियो ।
मतदानको क्रममा समस्या भएका केही मतदानस्थलमा पनि सुरक्षा निकायभन्दा दलका कार्यकर्ताको अराजकता र उच्छृङखल व्यवहार प्रमुख कारण बनेको थियो । स्थानीय पार्टीका कार्यकर्ताबीचको झडपका कारण कतिपय स्थानमा पुन मतदान गर्नु पर्यो ।
मतदानको १२ दिनअघि मात्र नियुक्त भएका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह पहिलो परीक्षामा सफल भएका छन् । जिम्मेवारी पाएलगत्तै एकै चरणमा देशभरी निर्वाचन गराउनुपर्ने जिम्मेवारी उनको थियो ।
देशभरी एकै चरणमा निर्वाचन हुनु र छिटपुट घटना मात्र हुनुले सुरक्षाको दृष्टिकोणमा यो निर्वाचन निकै सफल भएको प्रहरी अधिकारी बताउँछन् ।
एकै चरणमा निर्वाचन गराउँदा जनशक्ति कम हुने र सुरक्षामा समस्या आउन सक्ने प्रहरी अधिकारीको चिन्ता थियो । अर्काेतर्फ सुरक्षा निकायलाई विगतमा दिइएका सुविधासमेत यसपटक कटौती गरिएको थियो । यस्तो अवस्थामा पनि न्यून जनशक्तिले उत्कृष्ट काम गरेर जिम्मेवारी निर्वाह गरेको छन् ।
निर्वाचनको तयारीमा प्रहरीको अवस्था कति दयनीय थियो भन्ने कुरा पर्याप्त हतियार र सञ्चारसेट समेत थिएन । तर, भएको स्रोत साधन प्रहरीले अधिकतम सदुपयोग गरेर निर्वाचन सम्पन्न गराएको छ ।
सरकारले समयमै बजेट दिएर हतियार खरिद गर्न नसकेपछि यो निर्वाचनमा प्रहरीले नेपाली सेनासँग साना हतियार सापट लियो । मतदानस्थलमा खटिने अफिसरसँग पेस्तोल नै नपुग्ने भएपछि निर्वाचनको दुई दिनअघि प्रहरीले सेनासँग हतियार सापट लिएको थियो ।
त्यस्तै, सञ्चार सेट पनि प्रहरीसँग पर्याप्त थिएन । पुराना सञ्चार सेट मर्मत गरेर प्रहरीले चलाएको थियो । त्यो पनि पर्याप्त नभएपनि कतिपय मतदानस्थलमा खटिएका प्रहरी मोबाइलको भरमा थिए । जसकारण कतिपय मतदानस्थल कब्जा हुनसक्ने समेत जोखिम आँकलन गरिएको थियो । तर, त्यस्तो घटना भने भनए ।
विगतका निर्वाचनमा जस्तो निर्वाचन विरोधी समूह सक्रिय नभएकाले पनि यसपटक शान्तिपूर्ण भएको प्रहरीको विश्लेषण छ । यसपटक दलका कार्यकर्ताबीच भएका झडप नै प्रमुख सुरक्षा चुनौती थिए । खासगरी पहाडी जिल्ला र तराईमा यस्ता झडप भए ।
एउटा सुखद् अवस्था के छ भने काठमाडौं उपत्यकामा एउटा पनि झडपको घटना भएन । निर्वाचनका क्रममा कुनै समस्या पनि सुरक्षा निकायले झेल्नुपरेन । अन्य शहरी क्षेत्रमा पनि झडपका घटना कम गएका छन् । यसले निर्वाचन प्रणालीमा आएको सुधारको समेत संकेत गर्दछ ।
मौन अवधिमा पैसा बाड्नेमध्ये पक्राउ पर्ने धेरै जसो एमालेका उम्मेदवार मात्र भएकाले पनि कतै प्रहरीले सत्ता गठबन्धनलाई सहयोग त गरेको होइन भन्ने प्रश्न भने नउठेको होइन । तर, समग्रमा गृह प्रशासन तथा प्रहरी यसपटकको निर्वाचनमा विवादमा आएन । विगतका चुनावको तुलना गर्दा सुरक्षाको दृष्टिकोणले यो निर्वाचन सबैभन्दा उत्कृष्ट भएको प्रहरी अधिकारी बताउँछन् ।
नेपाल प्रहरीको ऐतिहासिक सफलता : एक अर्ब भन्दा बढीको लागुऔषधसहित सात विदेशी पक्राउ सामाजिक समस्याको रूपमा रहेको लागूऔषध नियन्त्रणमा पछिल्लो समय नेपाल प्रहरीको सक्रियताका कारण एतिहासिक सफलता पाएको छ । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहले नयाँ तरीकाले लागू औषध सम्बन्धि अपराध अनुसन्धान गर्न लागू औषध ब्यूरो र सातवटै प्रदेशका प्रहरी प्रमुखहरुलाई निर्देशन दिँदै आउनुभएको थियो ।
यसैबीच प्रहरीले एक अर्ब रुपैयाँ भन्दा बढीको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको थियो ।
लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो । उनीहरु पाँच वटा समूहमा आएका थिए । एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ ।
ब्यूरोले बिहीबार पत्रकार सम्मलेन गरी यो ठूलो सफलताको सार्वजनिक गरेको थियो । अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हो । सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ । १ केजी हेरोइनको मूल्य २ करोड पर्ने गरेको छ ।
सोही अनुरूप चौविसै घन्टा प्रहरी जाँच, कानुनी कारवाहीमा कडाई, नयाँ प्रविधिको प्रयोगका कारण कारोबारी निरूत्साहित भएका छन् । नेपाल प्रहरी मात्रै होइन सरोकारवाला सम्पूर्ण पक्ष यसको नियन्त्रणको लागि जागरुक हुनुपर्ने देखिन्छ । परिवारका सदस्यहरू पनि आफ्ना बालबालिकाको क्रियाकलापबारे सचेत हुन आवश्यक छ ।
युवावर्ग भविष्यप्रति सचेत भई यसको सेवनबाट टाढा रहन सक्नुपर्छ । सरकारीस्तर, प्रहरी, समाज, सरोकारवाला निकाय र आमनागरिक मिलेर कानुनले तोकेको पथ पछ्याउँदै सक्रिय रूपमा कामप्रति समर्पित हुन सके यस्ता अपराध नियन्त्रणमा पक्कै सफलता मिल्छ । जन-प्रभावबाट