०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

विदेश जानेको सबै प्रक्रिया बुझेर मात्र परिवारलाई जान गृह मन्त्रालयको आग्रह

Logo
प्रकाशित आइतबार, साउन १५, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । परिवारका कुनै सदस्य विदेश जाँदै भए सम्पूर्ण प्रक्रिया पुरा गरेको छ छैन त्यसबारे बुझ्न सरकारले सबैमा आग्रह गरेको छ ।

पछिल्लो समय नेपाली नागरिकहरु भिजिट भिसामा विदेशमा गएर अलपत्र पर्ने, काम नपाउने, गन्तव्य मुलुकबाट प्रवेश निषेध भई फिर्ता हुने लगायतका कठिनाइहरू भोगिरहेको गुनासो आउन थालेपछि गृह मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयका अनुसार भिजिट भिसा विदेशमा काम गर्ने, श्रम गर्ने, रोजगारीमा जाने भिसा नभई विशुद्ध भ्रमण प्रयोजनको लागि मात्र प्रयोग गर्नुपर्ने भिसा भएकोले विदेशमा काम खोज्ने, रोजगारीमा संलग्न हुने मनसाय राखी भिजिट भिसामा विदेशमा जाँदा काम नपाउने, अलपत्र पर्ने क्रम बढिरहेको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘गैर कानुनी रूपमा विदेशमा गई समस्यामा परेका नागरिकहरूलाई उद्धार गरी स्वदेश ल्याउनुपर्ने अवस्थामा बिमा, क्षतिपूर्ति तथा राहत उपलब्ध गराउन समेत नेपाल सरकारसँग कुनै कानुनी आधार नरही त्यस्ता व्यक्तिहरू झन् ठुलो कठिनाइमा पर्ने अवस्था हुन्छ ।’

स्थानीय तहले आफ्नो क्षेत्रभित्रका नागरिक विदेशमा भ्रमण वा रोजगारीको सिलसिलामा जाँदा त्यस्ता व्यक्तिहरूको अभिलेखन तथा आवश्यक कानुनी प्रक्रियाको सहजीकरण तथा परामर्श प्रदान गर्ने व्यवस्था मिलाउन विज्ञप्तिमा अनुरोध गरिएको छ । ‘भिजिट भिसामा विदेशमा जानेहरूले भ्रमण भिसाको प्रयोग पर्यटकको रूपमा मात्र गर्नुहुन र भ्रमण भिसाको प्रयोग गरी विदेश गएर सुरक्षित श्रम तथा रोजगारीको प्रलोभनमा नपर्न यस मन्त्रालय सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!