२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

१६ लाखको लोभले लियो आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

ABC (क्राईमबिट)
बुटवल । रुपन्देहीको सैनामैना ६, कलौनीका एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका–२ डाँडाकटेरी घर भई हाल सैनामैना बस्दै आएका ४३ वर्षीय दिपक भन्ने कुलचन्द्र गौतमले १६ लाखको ट्रक आफ्नो नाममा पारेर साथीको हत्या गरेका हुन् ।

अर्घाखाँचीकै विष्णु बहादुर पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ६ पाङ्ग्रे ट्रक आफ्नो नाममा पारी योजनाबद्ध रुपमा रुपन्देहीबाट अर्घाखाँची पुर्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । विष्णुबहादुरसँग पछि पैसा बुझाउने गरी गौतमले १६ लाख रुपैयाँमा ट्रक खरिद गरी यातायात कार्यालयमा गई आफ्नो नाममा गरेका थिए । ट्रक आफ्नो नाममा गराईसकेपछि अर्घाखाँची रहेको आफ्नो पहाड घरमा गएर ट्रकको पैसा बुझाउने भनि लिएर गएका थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलमा मृतकका दाजु तेजबहादुर पाण्डेले दिएको जाहेरी तथा प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अुनसार साउन ९ गते उनिहरु अर्घाखाँचीतर्फ लागेका थिए । अर्घाखाँची पाणिनी घरमा पुगेपछि पहिलो दिनसँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट विहानै आरोपित गौतमले जँगलमा कालिज मार्न जाउँ भनि विष्णुलाई लगेका थिए । जँगलमा लगेपछि एकान्त पारी पछाडीबाट फलामको रडले टाउँकामा हानी हत्या गरेका थिए । २÷३ पल्ट टाउँकोमा हानेपछि परान त्यागेका पाण्डेलाई जँगलको भिरबाट धकेलीदिएका थिए ।
आरोपित गौतमले ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको बयान अनुसार सैनामैना कलौनीमा घर बनाउँदा उनी ऋणमा डुबेका थिए । यसैगरी बुटवलको मैनाबरगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र उक्त ट्रकबाट आम्दानी गरी ऋण तिर्ने उद्देश्यसहित हत्याको योजना बनाएका थिए । साथीको हत्या गरी फरार रहेका गौतमलाई नेपाल भारतको सीमानाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका दाजु तेजबहादुर पाण्डेले साउन १५ गते आइतबार नै ईलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
साउन ९ गतेको रातीसम्म परिवारको सम्पर्कमा रहेका मृतक पाण्डे एक्कासी सम्पर्कविहिन भएपछि परिवारले खोज तलासका लागि प्रहरीमा उजुरी दिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा साउन १५ गते जँगलमा मृत अवस्थामा पाण्डेको शव फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!