२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

१६ लाखको लोभले लियो आफ्नै साथीको हत्या गर्ने एक जना पक्राउ

Logo
प्रकाशित सोमबार, साउन १६, २०७९

ABC (क्राईमबिट)
बुटवल । रुपन्देहीको सैनामैना ६, कलौनीका एक पुरुषले आफ्नै साथीको हत्या गरेका छन् । अर्घाखाँची पाणिनी गाउँपालिका–२ डाँडाकटेरी घर भई हाल सैनामैना बस्दै आएका ४३ वर्षीय दिपक भन्ने कुलचन्द्र गौतमले १६ लाखको ट्रक आफ्नो नाममा पारेर साथीको हत्या गरेका हुन् ।

अर्घाखाँचीकै विष्णु बहादुर पाण्डेको नाममा रहेको लु १ ख ७७८१ नम्बरको ६ पाङ्ग्रे ट्रक आफ्नो नाममा पारी योजनाबद्ध रुपमा रुपन्देहीबाट अर्घाखाँची पुर्याई हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । विष्णुबहादुरसँग पछि पैसा बुझाउने गरी गौतमले १६ लाख रुपैयाँमा ट्रक खरिद गरी यातायात कार्यालयमा गई आफ्नो नाममा गरेका थिए । ट्रक आफ्नो नाममा गराईसकेपछि अर्घाखाँची रहेको आफ्नो पहाड घरमा गएर ट्रकको पैसा बुझाउने भनि लिएर गएका थिए ।
ईलाका प्रहरी कार्यालय बुटवलमा मृतकका दाजु तेजबहादुर पाण्डेले दिएको जाहेरी तथा प्रहरीको प्रारम्भिक अनुसन्धान प्रतिवेदन अुनसार साउन ९ गते उनिहरु अर्घाखाँचीतर्फ लागेका थिए । अर्घाखाँची पाणिनी घरमा पुगेपछि पहिलो दिनसँगै खाना खाएर सुतेका थिए । भोलिपल्ट विहानै आरोपित गौतमले जँगलमा कालिज मार्न जाउँ भनि विष्णुलाई लगेका थिए । जँगलमा लगेपछि एकान्त पारी पछाडीबाट फलामको रडले टाउँकामा हानी हत्या गरेका थिए । २÷३ पल्ट टाउँकोमा हानेपछि परान त्यागेका पाण्डेलाई जँगलको भिरबाट धकेलीदिएका थिए ।
आरोपित गौतमले ईलाका प्रहरी कार्यालय बुटवलमा दिएको बयान अनुसार सैनामैना कलौनीमा घर बनाउँदा उनी ऋणमा डुबेका थिए । यसैगरी बुटवलको मैनाबरगरमा सञ्चालन गर्दै आएको मोटर पार्ट्स पसल समेत घाटा भएपछि साथीको ट्रक सित्तैमा हत्याउने र उक्त ट्रकबाट आम्दानी गरी ऋण तिर्ने उद्देश्यसहित हत्याको योजना बनाएका थिए । साथीको हत्या गरी फरार रहेका गौतमलाई नेपाल भारतको सीमानाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मृतकका दाजु तेजबहादुर पाण्डेले साउन १५ गते आइतबार नै ईलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् ।
साउन ९ गतेको रातीसम्म परिवारको सम्पर्कमा रहेका मृतक पाण्डे एक्कासी सम्पर्कविहिन भएपछि परिवारले खोज तलासका लागि प्रहरीमा उजुरी दिएको थियो । प्रहरी र स्थानीयको सहयोगमा खोजतलास गर्ने क्रममा साउन १५ गते जँगलमा मृत अवस्थामा पाण्डेको शव फेला परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]