२७ माघ २०८१, आइतबार
09-02-2025 , Sun
×

सशस्त्र प्रहरीको प्रशासनिक व्यवस्थापन तालिम एआईजी पौडेलले सम्पन्न गरे

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मंगलबार एक कार्यक्रमका बीच समापन गरेका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी नायब उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पुर्याउने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको स्रोतले जनाएको छ। केसीले एआईजीमा बढुवा भएको एक महिनामै राजीनामा दिएका हुन्। उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले पहिले नै राजीनामा दिएका हुन्। गएको पुस […]

काठमाडौं । पक्राउ पर्नेमा दिनेश सिग्देल र रमेश फुलारा रहेको छन् । उनीहरू दुवै जना अमृत साइन्स क्याम्पस (अस्कल) मा अध्ययनरत विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए । प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध छन् । पक्राउ परेका सिग्देल अनेरास्ववियु अस्कल क्याम्पसका प्रारम्भिक कमिटी अध्यक्ष […]

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक गणेश चन्दले प्रदेश अन्तर्गत रहेका राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया, कैलाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बझाङ, डडेल्धुरा, बैतडी र दार्चुलामा कार्यरत जिल्ला ट्राफिक प्रमुखहरुलाई भर्चुअल मिटिङ मार्फत निर्देशन दिनु भएको छ । सोही क्रममा उहाँले जिल्लाहरुको ट्राफिक व्यवस्थापनको अवस्था […]

error: Content is protected !!