२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सशस्त्र प्रहरीको प्रशासनिक व्यवस्थापन तालिम एआईजी पौडेलले सम्पन्न गरे

Logo
प्रकाशित मंगलबार, साउन १७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरुको लागि संचालित सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले मंगलबार एक कार्यक्रमका बीच समापन गरेका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिममा सर्वप्रथम भएका सशस्त्र प्रहरी नायब उपरीक्षक जगतसिंह डागालाई पुरस्कार तथा प्रमाणपत्र समेत प्रदान गरे ।

उनले सशस्त्र प्रहरी बल नेपालका कार्यालयहरुमा प्रशासनिक कामकारवाहीलाई प्रभावकारी तथा पारदर्शी ढंगले सम्पादन गर्न, संगठनमा आवद्ध सशस्त्र प्रहरी कर्मचारीहरुको अभिलेखिकरण, सजाय र पुरस्कार तथा गुनासो व्यवस्थापनमा यस किसिमको तालिमले थप सहयोग पुर्याउने बताए ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले तालिमबाट प्राप्त ज्ञानलाई सदुपयोग गर्दै आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यवसायिक एवं कार्यालयको काममा एकरुपता ल्याउन सहजिकरणको भुमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।

पाँच हप्ता अवधिको उक्त तालिम ९ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र २३ जना सशस्त्र प्रहरी निरीक्षक गरी कुल ३२ जना सशस्त्र प्रहरी अधिकृतहरुले सफलतापूर्वक सम्पन्न गरेका छन् ।

कार्यक्रममा उक्त प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत, विल्लादार तथा जवानहरुको समेत उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।