२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

धादिङबाट पक्राउ भएको सुन र डलर दुवै नक्कली प्रहरी अनुसन्धान

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । धादिङको खनियाँबास गाउँपालिका-४ का बेगबहादुर तामाङ (बेगे) बाट बरामद भएको सुन र अमेरिकी डलर दुवै नक्कली भएको पुष्टि भएको छ ।

मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान डलर नोट परीक्षणका क्रममा नक्कली पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए ।

मंगलबार ग१ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेँसी आउँदै गर्दा बेगे र उनकै गाउँकी शोभा तामाङ पक्राउ परेका थिए ।

बेगेको घरबाट प्रहरीले तीनवटा पेस्तोल र पेस्तोलमा लाग्ने २० वटा गोली पनि बरामद गरेको छ । सुन ल्याउँदै छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी सिंहले बताए ।

घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्को कटुवा रहेको छ । उनले भने, ‘एउटै व्यक्तिको घरबाट तीनवटा पेस्तोल, ठूलो परिमाणमा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ ।

पक्राउ परेको पेस्तोल माओवादी द्वन्द्वकालदेखि नै घरमा भएको बेगेले बताएको छ । सुन भनिएको धातु भने ‘केही वर्षअघि अन्य व्यक्तिबीच कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको छ ।’ पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट (खोटा मुद्रा) कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी रञ्जन अवालेले बताए । शोभालाई भने नक्कली नोट खोटा मुद्रा कारोबारमा मुद्दा चलाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।