०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

धादिङबाट पक्राउ भएको सुन र डलर दुवै नक्कली प्रहरी अनुसन्धान

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

ABC (क्राईमबिट)
काठमाडौँ । धादिङको खनियाँबास गाउँपालिका-४ का बेगबहादुर तामाङ (बेगे) बाट बरामद भएको सुन र अमेरिकी डलर दुवै नक्कली भएको पुष्टि भएको छ ।

मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको एक किलो फाइन गोल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेँलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान डलर नोट परीक्षणका क्रममा नक्कली पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए ।

मंगलबार ग१ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेँसी आउँदै गर्दा बेगे र उनकै गाउँकी शोभा तामाङ पक्राउ परेका थिए ।

बेगेको घरबाट प्रहरीले तीनवटा पेस्तोल र पेस्तोलमा लाग्ने २० वटा गोली पनि बरामद गरेको छ । सुन ल्याउँदै छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी सिंहले बताए ।

घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्को कटुवा रहेको छ । उनले भने, ‘एउटै व्यक्तिको घरबाट तीनवटा पेस्तोल, ठूलो परिमाणमा गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ ।

पक्राउ परेको पेस्तोल माओवादी द्वन्द्वकालदेखि नै घरमा भएको बेगेले बताएको छ । सुन भनिएको धातु भने ‘केही वर्षअघि अन्य व्यक्तिबीच कारोबार हुन लागेको ठाउँबाट बेगेले सोही पेस्तोल प्रयोग गरेर लुटेको बयान दिएको छ ।’ पक्राउ परेका बेगेलाई हातहतियार तथा खरखजाना र नक्कली नोट (खोटा मुद्रा) कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी रञ्जन अवालेले बताए । शोभालाई भने नक्कली नोट खोटा मुद्रा कारोबारमा मुद्दा चलाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!