२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

रासन भत्ता प्रकरणलाई मिडियामा ल्याउँदा सशस्त्र प्रहरी हवलदारलाई जन्मकैद छोरा छोरीको बिचल्ली

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९


ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नरेश सिंह साहु दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लाका वासिन्दा हुन् । ०६० वैशाखदेखि सशस्त्र प्रहरीमा कार्यरत उनी एक वर्षपछि पेन्सन जाने तयारीमा थिए ।

तर, ४४ नम्बर गण मुख्यालय खलंगाभित्रको रासनभत्ता प्रकरणलाई मिडियामा ल्याउँदा जेल पुगेका छन् ।कसैसँग पनि गलत व्यवहार नगर्ने र काम गरिखाने घरपरिवारका मान्छेलाई षड्यन्त्र गरी गम्भीर मुद्दा बनाएर फसाउन खोजिएको परिवारजनको आशंका छ ।गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनीमाथि हा तहतियार र गो लीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको अभियोग छ ।

०४० सालमा जन्मिएका नरेशले दक्षिणी सुडानमा युएन मिशन पनि खाइसकेका छन् ।एक वर्षदेखि दार्चुलामा थिए । पर्वत दरबन्दी भए पनि घर व्यवहार मिलाउनुपर्ने भएकाले दार्चुलामा काज मिलाएका हुन् ।

स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले गाउँपालिका केन्द्रमा भेटिएका एक जना स्थानीय पत्रकारसँग सशस्त्र प्रहरीभित्रको बेथितिबारे प्रसंगवश कुरा कोट्याएका थिए ।

सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि केही सुधार हुने आशमा रहेका नरेश अहिले उल्टै सशस्त्रको फन्दामा परेका छन् । विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक भएको छ ।

जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पु¥याइ जेल पठाइएको छ । श्रीमती दुर्गाले साउन १ गते काठमाडाँै पुगेर दुई पटक भेट गर्न पाएकी छन् ।

नरेशका एक छोरा र एक छोरी छन् । दाइको मृ’त्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइएको छ ।

पेन्सन आउनेबेला जन्मकैदको मुद्दा लागेपछि घरपरिवारलाई संकट परेको श्रीमती दुर्गाले बताउनुभयो ।

‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमान्लाई काठमाडौँ लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भन्नुभयो । जन-आस्थाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।