२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

तत्कालीन प्रमुख इन्जिनियरसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

(ABC-Sanchar)
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख इन्जिनियर शिवजीप्रसाद रायसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम निकासा गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले इन्जिनियर रायसहित इन्जिनियर रामकिशोर साह‚ सब(इन्जिनियर प्रेमचन्द्र झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७५/०७६ मा रामवन गोटदेखि मलघट्टा हुँदै महिनाथपुर नहरसम्म ग्राभेल स्तरको सडक निर्माण गर्ने क्रममा गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी भुक्तानीसमेत दिई १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ हिनामिना गरेको आरोपमा उनीहरूमाथि मुद्दा दायर गरेको अख्तियारले उल्लेख गरेको छ ।

उनीहरूविरुद्ध १६ लाख १६ लाख ५९ हजार ९ सय ७२ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको हो ।

त्यस्तै पूर्वाधार विकास कार्यालय रौतहटका लेखा अधिकृत महम्मद दाउद र सडक मर्मत तथा ग्राभेल निर्माण कार्य उपभोक्ता समितिका अध्यक्ष राजकुमार महतोविरुद्ध पनि अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]