२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके जिल्ला प्रहरी प्रबक्ता डिएसपी न्यौपानेको एसपी अधिकारीले गरे बिदाई

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९


ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डीएसपी मधुसुधन न्यौपानेलाई सोमबार बिदाई गरिएको छ ।

जिल्ला प्रहरी बाँकेमा सोमबार बिदाई तथा फेरि भेटौला’ कार्यक्रम गर्दै बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको प्रमुख आतिथ्यताता डीएसपी न्यौपानेको बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बाँके प्रहरी प्रमुख अधिकारीले डीएसपी न्यौपानेलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनको कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा ईलाका प्रहरी कोहलपुरका प्रहरी डीएसपी ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह , ईलाका प्रहरी जमुनहाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधब रिजाल , जिल्लाभरका इकाई इन्चार्ज लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन प्रहरी निरीक्षक चक्र डम्बर पालले गरेका थिए।

एक बर्षअघि बाँकेमा सरुवा भई आएका डीएसपी न्यौपानेलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले गत श्रावण २० गते जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा गरेको थियो । अब उनले जिल्ला प्रहरी कार्यालय पर्वतको जिल्ला प्रहरी प्रमुखको कमाण्ड सम्हालेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]