२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीका एआईजी थापाले पाए निर्वाचनको सुरक्षा महत्वपूर्ण जिम्मेवारी

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले केन्द्रीय निर्वाचन सेल गठन गरेको छ।

प्रहरी प्रधान कार्यालयले कार्य विभागमा कार्यरत एआईजी सहकुलबहादुर थापाको कमाण्ड केन्द्रीय निर्वाचन सेल गठन गरेको हो। केन्द्रीय निर्वाचन सेल गठन भएसँगै एआईजी थापाकै कमाण्ड मातहतमा अन्य निर्वाचन सुरक्षा समितिहरुले काम गर्ने छन्।

केन्द्रीय निर्वाचन सेलले चुनावी सुरक्षा रणनीति बनाएर काम गर्नेछ। थापा नेतृत्वकै सेलले चुनावी सुरक्षाका बारेमा केन्द्रबाट प्रदेश र जिल्लाहरुमा आवश्यक सहकार्य र सहजीकरण गर्ने छ।

मन्त्रिपरिषद्ले मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन निर्वाचनको मिति घोषणा गरेको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले प्रदेश र जिल्ला निर्वाचन सेल गठन गर्न देशभर सर्कुलर गरेको छ ।

प्रहरी हेडक्वार्टरले सोमबार प्रदेशस्तरीय निर्वाचन सेल र जिल्ला तहमा पनि निर्वाचन सेल गठन गरेर चुनावी सुरक्षा तयारी गर्न सात प्रदेश र ७७ जिल्लामा पत्राचार गरेको छ ।
केन्द्रीय निर्वाचन सेललाई चुनाव केन्द्रित योजना बनाउने र केन्द्रीय योजना कार्यान्वयन गर्ने अधिकार हुन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]