०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

काठमाडौँदेखि हेटौँडा छोटो दूरीको सडक ७५ करोडको लगानीमा निर्माण सुरु

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९


(ABC-Sanchar)
मकवानपुर । हेटौँडादेखि काठमाडौँ जाने छोटो दूरीको सडकखण्ड अन्तर्गतको सडक निर्माण सुरु भएको छ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको प्रदेशको राजधानी पूर्वाधार विकास विशेष आयोजनाले सो सडकलाई दुई खण्डमा गरेर ठेक्कामार्फत काम सुरु गरेको जनाएको छ।

सो सडकखण्डको रु ७५ करोडको लागतमा काम भइरहेको बताइएको छ। आयोजनाका अनुसार कुलेखानीदेखि दक्षिणकालीसम्मको सडकलाई दुई खण्ड गरेर ठेक्कामार्फत काम भइरहेको छ।

हेटौँडादेखि काठमाडौँबीचको कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकको दुई खण्ड गरेर २० किमी सडकको रु ७५ करोड लागतमा निमार्ण कार्य भइरहेको सो आयोजनाले जनाएको छ।

आयोजनाले छुट्याएको मकवानपुर सडक खण्डमा १२.१५ किलोमिटर सडक खण्ड इन्द्रसरोवर गाउँपालिकाको ज्यामिरेदेखि निमार्ण तीव्ररूपमा भइरहेको आयोजनाका इन्जिनियर किरण रन्जितले जानकारी दिनुभयो।

मकवानपुर सडकखण्डमा रु ४३ करोड ४१ लाख १६ हजारको लागतका रमण पिआर त्रिवेणी जेभी मूलपानी काठमाडौँसँग सम्झौता गरेर काम सुरु भएको बताइएको छ।

सो सडकखण्ड २०८१ साल भदौ २४ गते सक्नेगरी सम्झौता गरिएको इन्जिनियर रन्जितले जानकारी दिनुभयो।

यसैगरी काठमाडौँ सडकखण्डमा रु ३१ करोड ९३ लाख ११ हजारको लागतमा आठ किलोमिटर रौता रामसागर जेभी काठमाडौँले ठेक्का प्राप्त गरेर काम गरिरहेको छ।

निर्माण कम्पनीसँग २०७८ असार ११ गते सम्झौता गरेर २०८० असार १० गतेसम्म सक्नेगरी सम्झौता भएको आयोजनाले जानकारी दिएको छ।

हाल दुवै सडकखण्डमा कटिङ गर्ने, नाली निर्माण गर्ने, पिच गर्ने, वाल निर्माण गर्ने तथा १० मिटर बाटो फराकिलो गर्नेलगायतका काम भइरहेको छ।

पचासी किमी सो सडकअन्तर्गत हेटौँडादेखि काठमाडौंसम्म साना सवारी साधनहरु मात्र गुडिरहेको सो सडक निर्माण भएमा ठूला सवारी साधनहरु पनि राम्रोसँग आउन र जान सक्ने बताइएको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङद्वारा बिहिवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको मेस,व्यारेक, विभिन्न शाखाहरु, मेट्रो ट्राफिक एफ.एम.को कार्यालय परिसर तथा अन्य भैतिक पुर्वाधारको निरीक्षण पश्चात काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक […]

नेसपा नयाँ शक्तिको मत गणना जारी अध्यक्ष पदमा भट्टराई र चापागाईंबीच प्रतिस्पर्धा काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन। पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो। अध्यक्ष पदमा […]

  काठमाडौं । प्रहरी स्रोतका अनुसार आईजीपी कुँवरले अवकाश अघि नै बिदामा बस्ने इच्छा देखाएका छन्। उनी सम्भव भए एक महिनाअघि नै बिदा बस्न चाहन्छन्। तर, उनले बिदा पाउने सम्भावना न्यून छ। यदि उनले बिदा लिन चाहेमा सरकारले एक महिनाअघि नै कामु आईजीपी चयन गर्नुपर्ने हुन्छ।प्रहरी नियमअनुसार आईजीपीकै ब्याचका अधिकारीलाई निमित्त दिएर आईजीपीलाई बिदामा पठाउने सम्भावना कम देखिन्छ। ५ चैतमा को बन्नेछन् नेपाल […]

error: Content is protected !!