२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल सरकारले देशभरका विमानस्थलहरुमा धूम्रपान निषेध

Logo
प्रकाशित मंगलबार, साउन २४, २०७९

(ABC-Sanchar)
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ ।

भरतपुर विमानस्थलमा ई-सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो ।

प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरूलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो ।

यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ ।

यसअघि २९ असारमा काठमाडौँबाट धनगढीका लागि उडेको जहाज भित्रै एक जना यात्रुले चुरोट सल्काएपछि पक्राउ परेका थिए । विमान भित्र प्रज्वलनशील पदार्थको निषेध यसअघि पनि थियो । प्राधिकरणले अब विमानस्थल क्षेत्र मै सुर्ती तथा चुरोट सेवन निषेध गरेको हो ।

यस्तै प्राधिकरणले विमानस्थल क्षेत्र भित्र धूम्रपान निषेध गरिएको सम्बन्धमा आफ्ना सबै कर्मचारीलाई अनिवार्य तालिम दिन समेत भनेको छ । सबै कम्पनीहरूलाई प्राधिकरणले धूम्रपान निषेध भएको पत्र पठाउँदै सो निर्देशन दिएको हो ।

प्राधिकरणले हवाई सुरक्षा र खतराजन्य वस्तुको प्रयोग गर्न नहुने सम्बन्धी तालीम दिन र त्यसमा ई–सिगरेट समेत समावेश गर्न निर्देशन दिएको हो । यस्तो प्रावधान हेलिकप्टर र ठूला सबै वायुसेवा कम्पनीले मान्नु पर्नेछ ।

ककपिटमा चालकदलका सदस्यबाहेक अरूलाई प्रवेश गराए कारबाही गरिने समेत प्राधिकरणले जनाएको छ ।

यसअघि प्राधिकरणले वायुयान चालक कक्षमा अनाधिकृत व्यक्तिको प्रवेश समेत निषेध भएको भन्दै त्यसो नगर्न वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको थियो ।

नागरिक उड्डयन सुरक्षा नियमावलीले वायुयान चालक कक्ष भित्र अनाधिकृत व्यक्तिलाई प्रवेश गराउन नहुने व्यवस्था गरेको भन्दै यसलाई कडाइका साथ पालना गर्न समेत वायुसेवा कम्पनीहरूलाई सचेत गराएको थियो । प्राधिकरणको हवाई सुरक्षा विभागले यस्ता विकृतिविरुद्ध अनुगमन समेत गर्ने गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।