२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

एकै परिवारका ३ जना मृत फेला

Logo
प्रकाशित बुधबार, साउन २५, २०७९

(ABC-Sanchar)
बझाङ । बुधबार बिहान करिब ८ बजे बुंगल नगरपालिका-९ बस्ने आमा, छोरा र छोरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए। २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मृत फेला परेका हुन्। स्थानीयले बिहान थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो।
अहिले नजिकैको अस्थायी प्रहरी चौकीबाट प्रहरी खटिएका छन्।

जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी निरीक्षक अवस्थीको कमान्डमा टोली खटिएको छ। घटनास्थल टाढा भएको हुँदा सो टोली त्यहाँ पुगिसकेको छैन।

तीनै जना झुन्डिएको अवस्थामा फेला परेका हुन्।

मृतकका श्रीमान पुस्कर पार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी हिजोमात्रै भारतबाट नेपाल फर्किएको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!