१८ साउन २०८२, आइतबार
03-08-2025 , Sun
×

एसपीको पोल खोलेपछि हलचोकसम्म हलचल सशस्त्र प्रहरी संगठनमाथि उठ्यो कडा प्रश्न ?

Logo
प्रकाशित शुक्रबार, साउन २७, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । दार्चुलामा खटिने सशस्त्र प्रहरीले एक दिनको रासन भत्ताबापत सरकारबाट ३६४.५५ रुपैयाँ प्राप्त गर्छन्। एक महिनामा रासनबापत १० हजार ९२० रुपैयाँ प्राप्त गर्छन्। सशस्त्र प्रहरीका गुल्म तथा गणपतिले तल्लो पदका प्रहरीलाई बिदामा पठाएर रासन बापतको पैसा कमि सन माग्ने गरेको खुलेको छ।

यसैबीच सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा जेठमा एकैसाथ १४५ जना प्रहरी बिदामा बसेका छन्। सीमा सुरक्षामा दार्चुलामा खटाइएको २ सय ३९ मध्ये १ सय ४५ जना बिदामा थिए। उक्त गणले विशेष अदालतमा बुझाएको दैनिक रोल क्रम हाजिरी विवरणमा १ सय ४५ जना बिदामा रहेको तथ्यांक छ।

गणपति एसपी त्रिभुवन बिष्टले नि यमवि परीत धेरै कर्मचारी एकैसाथ बिदामा पठाएपछि वि वादमा तानिएका छन्। उनीवि रुद्ध नियमवि परीत कर्मचारी बिदामा पठाएको र बिदा दिएबापत रासन भत्ता फिर्ता मागेको आ’रो प लागेको छ।

सोही गणका वरिष्ठ हवल्दार नरेशसिंह शाहुले उक्त गणभित्र रासनमा कटौती गरिएको र अनियमितता भएको, सिपाही र हवल्दारलाई गुणस्तरहीन खाना दिएको भन्दै सञ्चारमाध्यममा सूचना दिएका थिए। साथै संगठनमा बेनामी उ जुरी हालेका थिए। कर्मचारी बिदाको विषयमा सोध्दा गणपति बिष्ट भने कुनै प्रतिक्रिया दिएनन्।

सञ्चार माध्यमलाई सूचना दिएको भन्दै हवल्दार शाहुविरु’द्ध सशस्त्र प्रहरी विशेष अदालतमा असार २२ गते मु’द्दा दा यर गरिएको थियो। २४ गते भएको थुन’छेक ब हसका क्रममा अदालतले उनलाई पुर्प’क्षका लागि थु’नामा पठाउने आदे श दिएको थियो।

उनको नाम उद्धृत गदै समाचार प्रकाशित भएपछि गणपति बिष्टले हवल्दार शाहुलाई स्पष्टीकरण सोधेका थिए। रासन र हाजिरीको मात्रै सूचना दिएका शाहुलाई नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको आन्तरिक गोप्य सूचना तथा हा’तहति यार गो’लीगट््ठाको आन्तरिक जनशक्ति विवरण खुल्ने गरी सूचना प्रकाशित गर्न लगाइएको भन्दै विशेष अदा’लतमा अभि’योगपत्र दा यर भएको थियो।

अभि’योगपत्रमा सर्व’स्वस’हित ज’न्मकै’दको माग गरिएको छ। संगठनभित्रकै कमजोरी र रासन रो गको भण्डा’फोर गर्ने हिम्मत गरेका हवल्दारविरु’द्ध सम्पूर्ण संगठन लागेर ज’न्मकै’दको माग गर्दे अ’भियोगपत्र दा यर गरेपछि सशस्त्र प्रहरी संगठनप्रति नै प्रश्न उठेको छ।

सूचना दिएका प्रहरी हवल्दार जे’लमा गइसके तर ऐनविप रीत जनशक्ति बिदामा पठाउने र आर्थिक च’लखेल गरेको आ’रोप लागेका गणपति बिष्टलाई भने संगठनले कुनै कार’बाही गरेको छैन। सशस्त्र प्रहरी बलका प्रवक्ता विदुर खड्का सशस्त्र प्रहरी बल ४४ नम्वर गणमा २ सय ५८ जना कार्यरत रहेको र तत्कालीन समयमा १ सय २२ जना बिदामा रहेको पुष्टि गरे।

उनी भन्छन्, ‘१ सय २२ जना बिदामा बसेको भन्ने कागजात आएको छ। रातिको रोलक्रम हाजिरीमा यही देखाउँछ। यदि यसो गरेको पुष्टि भयो भने गणपति बिष्टलाई कार’बाही हुन्छ। सामान्य अवस्थामा टोटल कर्मचारीमध्ये बढीमा १५ प्रतिशतभन्दा बढीलाई बिदामा बस्न नपाइने नियम छ।’

उनका अनुसार रोलक्रम हाजिरीलाई आधार मानेर सशस्त्र प्रहरी संगठनले गणपति बिष्टवि’रुद्ध आन्तरिक छा’नबिन गरिरहेको छ। सशस्त्र प्रहरी बल ७ नम्बर प्रदेशको अत्तरिया बाहिनीका एसएसपीको नेतृत्वमा गणपति माथि आन्तरिक छान बिन भइरहेको छ। प्रतिवेदन आएको छैन। छानबिनका क्रममा कमजोरी देखिए निल’म्बन गरी थप कार’बाही हुन्छ। अन्नपूर्ण-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुस । विज्ञहरूले यो गत हप्ता गएको शक्तिशाली भूकम्पसँग सम्बन्धित हुन सक्ने बताएका छन्। कामचटकाको क्राशेनिनिकोभ ज्वालामुखीबाट रातको समयमा करिब ६ किलोमिटर उचाइमा खरानी निस्किएको थियो। रुसको आपतकालीन मन्त्रालयले जनसंख्या भएको क्षेत्रमा कुनै खतरा नभएको बताएको छ। यसको केही घण्टापछि रूसमा अर्को ठुलो भूकम्पले प्रायद्वीपका तीन क्षेत्रमा सुनामीको चेतावनी दिएको छ। दुवै घटना बुधबार आएको […]

दाङ । नेपाल प्रहरी श्रीमती संघको “४१ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेश दाङ र जिल्ला प्रहरी कार्यालय दाङको संयुक्त आयोजनामा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्बिकेश्वरी मन्दिर परिसर र घोराही उपमहानगरपालिका वडा नं. १७ गुलरिया स्थित शिव पार्वती तथा राधाकृष्ण मन्दिर गुलरिया परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न ।

काठमाडौं । ललितपुर नेपाल प्रहरी श्रीमती संघको ४१ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघको आयोजनामा र जिल्ला प्रहरी परिसर ललितपुरको सहकार्यमा जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. ५ महालक्ष्मीस्थान मन्दिर लगनखेल परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रमका प्रमुख अतिथि श्री नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती रुपा थापाज्यू, विशेष अतिथि जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय […]

error: Content is protected !!