०२ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

खजुरा युवा क्लबद्वारा क्यान्सर अस्पतालमा वृक्षारोपण तथा बिरामीलाई फलफुल

Logo
प्रकाशित शनिबार, साउन २८, २०७९

( सुरज मेघनाथ)  नेपालगन्ज                                              : खजुरा युवा क्लबको स्थापना दिवसको उपलक्षयमा खजुरा स्थित शुसिल कोइराला क्यान्स्र हस्पितल प्राङ्गणमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण गरिएको गरिएको छ ।

खजुरा युवा क्लबले आफ्नो स्थापना दिवसको अवसरमा वृक्षारोपण तथा बिरामी हरुलाई फलफुल बितरण सामाजिक कार्य गरेको हो ।

क्लबका अध्यक्ष राजु कोइरालाको अध्यक्षतामा सुरु भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथिमा समाजसेवी राजेन्द्र आचार्यको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अतिथिमा क्यान्सर अस्पतालका लेखा अधिकृत, क्लबका सल्लाहकार कल्याण राज श्रेष्ठ, युवा समाजसेवी पिताम्बर लामिछाने, निकेश लामिछाने लगायत खजुरा युवा क्लब पदाधिकारी साथै क्लबका खेलाडीहरुको उपस्थिती रहेको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र आचार्यले औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै क्लबले सामाजिक कार्यहरुमा सधै यसरि नै अग्रसर रहन र सामाजिक कार्य गर्न शुभकामना दिदै क्लबलाई सधै साथ र सहयोग रहने बताएका थिए ।

क्लबले क्यान्सर अस्पतालमा हाल भर्ना रहेका २० जना बढी बिरामीहरुलाई फलफुल बितरण र २० बिरुवा क्यान्सर अस्पतालको प्राङ्गणमा रोपिएको क्लबका सचिब उत्सब सिजाली मगरले गराएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ घर भइ होटल चलाउँदै आएका ४५ वर्षीय गिनीलाल गुप्ता र भारतको बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर–६ घर भएका ४० वर्षीय जयप्रकाश साह छन् । उनीहरुलाई बिहीबार पर्सा प्रहरीले पक्राउ गरेको हो। महिलालाई यौन व्यवसायमा लगाएको आरोपमा होटल स्मार्ट र न्यू शान्ति सैनिक होटलबाट गरी ४ जनाको उद्दार समेत […]

  काठमाडौँ । बाराको कलैया उपमहानगरपालिका १ भवानीपुरस्थित सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

  काठमाडौं । विराटनगर महानगरपालिका ३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रा‍लिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट गाडी चोरेर भागेका एक जना पक्राउ परेका हुन्। कोशी राजमार्गसँगै जोडिएको उक्त शोरूममा बिहीबार मध्यरातमा गाडी चोरेर एक व्यक्ती भागेका थिए । पक्राउ पर्नेमा गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका […]

error: Content is protected !!