०३ साउन २०८२, शनिबार
19-07-2025 , Sat
×

रसुवामा प्रहरी र स्थानीय बीच झडपमा प्रहरी निरीक्षकसहित केही सुरक्षाकर्मी घाइते

Logo
प्रकाशित सोमबार, साउन ३०, २०७९


ABC (क्राईमबिट)
रसुवा । गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जलविद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको हो।

सो झडपमा दुई प्रहरी निरीक्षकसमेत आठ प्रहरी घाइते भएका छन्।
आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको थियो।

घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक/एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी छन्।

आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युतका आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक समेतका कम्पनी बोर्डका पदाधिकारी समेतले स्थानीयको माग बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको उनीहरूले आरोप लगाएका छन्।स्थानीयले सञ्जेन जलविद्युतका थाम्बुचेतस्थित कार्यालय र ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटरसाइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रु ग्यास र फाइरिङ गरी स्थिति नियन्त्रणमा लिएका थिए। रु ७५ लाख बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्याङ्क निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले बताए।

स्थिति नियन्त्रणको क्रममा गतलाङका स्थानीय पनि पक्राउ परेका छन्। सागर तामाङ, राजनलामा, पूर्णबहादुर तामाङ, चन्द्रमान तामाङ र पासाङ छेवाङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरुलाई उपेक्षा गरेको गतलाङ्वासीको भनाइ छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]

  दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]

error: Content is protected !!