२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राजश्व अनुसन्धानले उद्योगी व्यवसाय विरुद्ध जबर्जस्ती छापामार्ने धरपकड तत्काल बन्द गर्न संघको अपिल

Logo
प्रकाशित मंगलबार, साउन ३१, २०७९


(ABC-Sanchar)
बाँके । राजश्व अनुसन्धानका क्रममा पटकपटक राज्यका निकायले व्यवसायीलाई अनावश्यक दुःख दिने गरेको गुनासो नौलो होइन । आधिकारिक रुपमा बोल्दा आफु पछि अप्ठ्यारोमा पर्ने डरले घटनाहरुको यथेष्ठ खुलासा व्यवसायीहरुले नगरेपनि व्यवसायीहरु बीचको अन्तरक्रियामा त्यसखालका गुनासो आउने गरेका हुन् । नेपालगन्ज उद्योग वाणिज्य संघले आयोजना गर्ने औपचारिक कार्यक्रममा समेत कर, राजश्व, भन्सार लगायतबाट भएको असहयोग र व्यवसायीलाई अनावश्यक दुःख दिइने गरेको अभिव्यक्ति सार्वजनिक हुँदै आएको छ ।

सामान्यतया राजश्वले गर्ने चेकजाँच र छापा सार्वजनिक हुँदैन । तर, आइतबार नेपालगन्जको घरबारीटोलका एक व्यवसायीको पसलमा छापा मार्न पुगेका राजश्व अनुसन्धानका कर्मचारी माथि नै व्यवसायीले दुव्र्यवहार गरेपछि यो विषय बहसमा आएको छ ।

राजश्व अनुसन्धान कार्यालय कोहलपुरले केही दिन अघि बिल भन्दा बढीको मालासामान पठाएको फेला पर्यो । बिल दिने बिक्रेतालाई बिल भन्दा बढी मालसामान पठाएको भनेर राजश्वले सम्बन्धित व्यवसायीलाई अनुसन्धानका लागि बोलायो । ‘एउटा पसलबाट कसैले कुनै मूल्यको मालसामान खरिद गरी बिल लिएर गएपछि उक्त मालसामानमा खरिदकर्ताले कहाँबाट खरिद गरी कति सामान थप गरी पठायो भन्ने व्यवसायीको चासो हुँदैन’, व्यवसायी भन्छन्, ‘सामान खरिद गर्दा बिल दिने हो, बिक्रेताले कहाँबाट मालासमान खरिद गरेर थपेर लग्यो जिम्मेवारी लिन कहाँ लिन सकिन्छ ?’

अनुसन्धान बिल भन्दा बढीको मालसमान भेटिएपछि अनुसन्धान अगाडि बढाउँदै व्यवसायीलाई बोलाए । अनुसन्धानका कर्मचारी सशस्त्र प्रहरीको नेतृत्वमा आइतबार व्यवसायीको फर्ममा पुगेपछि विवाद सिर्जना भयो । कर्मचारीले व्यवसायीसँग अनुचित माग गरेपछि विवाद भएको नेपालगन्ज उद्योग वाणिज्य संघका प्रवक्ता टंक धामीले बताए । सम्बद्ध व्यवसायीलाई उद्धृत गर्दै धामी भन्छन्, ‘कसैले पनि अनुचित रकम माग गरे नदिनेमा संघ स्पष्ट छ, व्यवसायीको संरक्षण गर्छ ।’
धामीले आइतबार राजश्व अनुसन्धानका कर्मचारी सशस्त्र प्रहरी सहित व्यवसायीको फर्ममा पुगेपछि विवाद हुँदा अप्रिय अवस्था नआओस् भनेर बचाउने क्रममा खिचिएको भिडियो सामाजिक सञ्जालमा तोडमरोड गरेर प्रस्तुत गरिएको दाबी समेत गरेका छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा धामी आक्रोशित हुँदै राजश्व अनुसन्धानका कर्मचारीलाई कठालो समात्दै अपशब्द प्रयोग गरेको देखिन्छ ।

घटनाबारेमा बुझ्न राजश्व अनुसन्धान कार्यालय कोहलपुरसँग पटकपटक गरिएको सम्पर्क प्रयास सफल हुन सकेन ।

संघले भन्यो, ‘हदैसम्मको दुःख दिने काम भैरहेको छ’
आन्दोलन गर्न बाध्य हुने चेतावनी

नेपालगन्ज उद्योग वाणिज्य संघले व्यवसायीलाई स्टक मिलनको नाममा हदैसम्मको दुःख दिने काम भैरहेको बताएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र उपमहासचिव धर्मराज अर्यालले प्रेस विज्ञप्ति जारी गर्दै राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट पछिल्लो समयमा बाँकेका उद्योगी, व्यवसायी विरुद्ध अनुसन्धानका नाममा धरपकड गर्ने, नियोजित तरिकाले जबर्जस्ती छापामार्ने कार्य भैरहेको प्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
संघ विज्ञप्तिमा धरासयी बनेको उद्योग, व्यवसाय क्षेत्रलाई उकास्न राज्यको तर्फबाट कुनै पनि पहलकदमी नभइरहेको अवस्थामा नियमसंगत तरिकाले उद्योग, व्यवसाय गरिरहेका व्यवसायीलाई स्टक मिलानको नाममा हदैसम्म दुःख दिने कार्य भैरहेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘नीतिगत समस्याका रुपमा रहेको स्टक मिलान सम्बन्धी विषयलाई समाधान गर्नुको साटो वैध कारोबार गरिरहेका उद्योगी, व्यवसायीलाई डरत्रास पैदा गरी व्यवसाय क्षेत्रबाटै पलायन गराउने वातावरण सिर्जना गरिएको निजी क्षेत्रले महसुस गरेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘राजश्व अनुसन्धान कार्यालय कोहलपुरले उद्योगी, व्यवसाय विरुद्ध गरिरहेको धरपकड र आतंक तत्काल बन्द गरी निर्बाध र भयरहित वातावरणमा आफ्नो उद्योग, व्यवसाय सञ्चालन गर्न पाउने अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण गराउँदछ । अन्यथा यस्तै गतिविधि जारी रहेमा संघ चरणबद्ध आन्दोलन गर्न बाध्य हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!