२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

रुसमा मङ्गलबार आगलागी हुँदा ६० घर जलेर नष्ट

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९

(ABC-Sanchar)
रुस । जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको अधिकारीहरूले जानकारी दिएका छन् ।

मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने अहिलेसम्म नआएको अधिकारीहरूको भनाइ छ । देशको उस्त डोनेत्स्क जङ्गलमा गत सोमबारदेखि आगलागी भएको थियो । घटनास्थल रोस्तोभ क्षेत्रको उत्तरपूर्वी क्षेत्रमा पर्दछ ।

आगलागी तीन गाउँ प्रभावित भएको आपतकालीन व्यवस्था मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् । आगलागीका कारण कैयौँ व्यक्ति विस्थापित पनि भएका छन् । उनीहरूलाई राहत तथा सहयोगको आवश्यकता रहेको बताइएको छ । अत्यावश्यक सेवा तथा सामग्री उनीहरूलाई उपलब्ध गराउने कार्य भइरहेको पनि अधिकारीहरूले बताएका छन् ।

आगलागी नियन्त्रणका लागि दुई अग्नि नियन्त्रक विमान, एउटा हेलिकोप्टर, ३०० भन्दा बढी अग्नि नियन्त्रकहरु परिचालन गरिएको छ। एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।