२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडीहरु स्थानीयले बाटोमै रोके

Logo
प्रकाशित बुधबार, भाद्र ०१, २०७९


(ABC-Sanchar)
काठमाडौं । स्थानीयको अवरोधका कारण केही गाडी सिसडोल र केही त्योभन्दा तल रोकिएका हो ।

दुई दिनदेखी जारी स्थानीयबासिन्दाको अवरोध आज पनि कायमै रहेकाले सुरक्षाकर्मीको उपस्थितिमा फोहोर बञ्चरेडाँडामा पुर्‍याइने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

उनका अनुसार प्रहरीको टोली पुगिनसकेकोले अहिले फोहोर बोकेका गाडी बाटोमै रोकिएका हुन् । प्रहरी पुग्नासाथ फोहोरका गाडीलाई बञ्चरेडाँडामा पुर्‍याइनेछ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ ।

 

हिजो फोहोरका गाडीलाई लैजाने क्रममा स्थानीयबासिन्दा र प्रहरीबीच झडप हुँदा एकजना घाइते भएका थिए । सडक मर्मतको काम पूरा नगरी फोहर लैजान थालिएको र फोहर बोक्ने गाडीमा लिच्चड ट्याङ्की अर्थात् फोहोरको लेदो रहने भाँडो व्यवस्था नगरिएको भन्दै स्थानीयबासिन्दाले आन्दोलन गरेका हुन् ।

यसअघि लिच्चड बग्न नदिने, फोहोरलाई पुर्ने, दुर्गन्ध फैलिन नदिन औषधि छर्कने जस्ता सम्झौता भए पनि त्यो पालना नभएको बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धुनिबेशी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर तामाङले बताए। स्थानीयबासिन्दाको अवरोधकै बीच हिजो काठमाडौं महानगरपालिकाले १ सय ९० वटा गाडीलाई बञ्चेडाँडा पुर्‍याएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]